April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो

चिनियाँका लागि नेपालमा अवसर नै अवसर छ : प्रधानमन्त्री दाहाल

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १६:१७
चिनियाँका लागि नेपालमा अवसर नै अवसर छ  : प्रधानमन्त्री दाहाल
  • नेपाल चिनियाँ लगानीकर्ताहरुका लागि अवसरको भूमि
  • नेपाल चाइना बिजनेश समिटमा नेपालमा लगानीको वातावरण उपयुक्त
  • दुई देशबीच आर्थिक सहकार्यका लागि महत्वपूर्ण

काठमाडौँ ।।      

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल चिनियाँ लगानीकर्ताहरुका लागि अवसरको भूमि रहेको बताएका छन्। चीन भ्रमणमा रहेका प्रधामन्त्री दाहालले आइतबार बेइजिङमा सम्बोधनका क्रममा नेपाल व्यवसाय वृद्धि गर्न जनसंख्यिक लाभका साथै युवाहरुको बाहुल्यता रहेको बताएका हुन्। प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) ले आयोजना गरेको नेपाल चाइना बिजनेश समिटमा नेपालमा लगानीको वातावरण उपयुक्त रहेको सुनाए।

कार्यक्रमलाई समबोधन गर्दै उनले जलस्रोत, हाइड्रोपावर उत्पादनको क्षमता, कृषिको क्षेत्र, फैलिरहेको पर्यटन उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानी गरी ठूलो नाफा कमाउन सकिने बताएका छन्। नेपाल चाइना जनेश समिटले दुई देशबीच आर्थिक सहकार्यका लागि महत्वपूर्ण हुने उनले बताए।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो भ्रमण भएको बताउँदै चीन आउँदा विभिन्न क्षेत्रको विकास देखेर चकित परेको बताए।चीनले पूर्वधारदेखि उद्यौगिक क्षेत्र, गरिवी निवारण, शिक्षा, स्वास्थ्य सेवामा उच्च प्रगति गरेको पनि उनले उल्लेख गरे। फोरममा चिनका वाणिज्य मन्त्री वाङ वेन्तो, अन्तराष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्का अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी कार्यक्रममा सहभागी रहेका थिए।

प्रधानमन्त्री दाहालले नेपाल चीन द्विपक्षीय  व्यापार स्थिर रहेको बताउँदै उनले चीन नेपालको दोस्रो वैदेशिक लगानीको स्रोत रहेको उल्लेख गरे। उनले नेपालको व्यापार घाटा चिन्ताजनक अवस्थामा रहेकाले सम्बोधन गर्ने प्रयासमा रहेको बताए। ‘हामी चीनमा वस्तु निर्यातका लागि प्रयास गरिरहेका छौँ,’ उनले भने,‘हाम्रो उत्पादित क्षमता ध्यान, भौतिक पूर्वधारको विकास र गुणस्तरीय प्रमाणीकरण प्रणालीलाई सहजन बनाउनेतर्फ लागेका छौँ।’

 

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।