sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सबैको सम्पत्ति छानबिन गरौं मन्त्रालय पनि घटाउं : गगन थापा

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० ११:५0
सबैको सम्पत्ति छानबिन गरौं मन्त्रालय पनि घटाउं : गगन थापा
  • उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ 
  • निर्वाचन प्रणालीले पनि विकृति ल्यायो 
  • पालिका र वडाबाटै टिकट वितरण गरेमा पार्टी बलियो बन्छ 

बुटवल ।।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले छानबिन गर्दा अनियमित तरिकाले कमाएको भेटिए सम्पत्ति जफत गर्ने कानुन बनाउनुपर्ने बताए । महामन्त्री थापाले प्रदेश सरकार महंगो भएको र ठीक ढंगले काम नगरेको जनस्तरमा गुनासो आएको बताए । प्रदेशदेखि संघसम्म धेरै मन्त्रालय हुँदा जनस्तरमा प्रदेशप्रति नकारात्मक टिप्पणी भएको भन्दै उनले कम खर्चमा पनि चलाउन सकिने बताए ।

विगतमा १४ अञ्चल र ५ विकास क्षेत्र हुँदा हुने खर्चमै ७ प्रदेश र ७५३ स्थानीय सरकार चलाउन सकिने थापाको भनाइ छ । ‘लोभले गर्दा तलदेखि माथिसम्म सबैलाई मन्त्री बन्नुपरेको छ’, थापाले भने, ‘मन्त्रालय घटाउनुपर्छ, संघमा ८ देखि १० मन्त्रालय भए पुग्छ । यत्रो ठूलो कर्मचारीतन्त्र छ, यही कर्मचारी र प्रहरीले संघ र प्रदेश चल्छ ।’ लुम्बिनीका मुख्यमन्त्री गठबन्धनमा भागवण्डा मिलाउन प्रदेशको मन्त्रालय थप गर्ने प्रस्ताव लिएर काठमाडौं गइरहेको आफूले सुनेको भन्दै थापाले प्रदेश सरकार कम खर्चमा चलाउन सक्छु भनेर भन्न सक्नुपर्ने बताए ।

आफ्नो क्षेत्रमा टुक्रे वजेट पार्न मरिहत्ते गर्ने प्रवृत्तिले संघका मन्त्रीहरु र वडा अध्यक्षबीच फरक छुट्याउन कठिन हुन थालेको थापाको टिप्पणी छ । महामन्त्री थापाले चुनाव अघिको गठबन्धनले लोकतन्त्रलाई विकृत बनाएको बताउंदै आउदो च्ुनावमा कांग्रेस एक्लै चुनाव लड्नु्पर्ने धारणा राखे । समानुपातिक निर्वाचन प्रणालीले पनि विकृति ल्याएको भन्दै उनले निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।

निर्वाचनसम्बन्धी नयाँ विधेयक संसदमा ल्याउने तयारी भइरहेको भन्दै उनले निर्वाचन प्रणाली बदल्न त्यहाँ काम गर्न जरुरी रहेको बताए । पार्टीको संसदीय समितिले सांसदको टिकट बांड्ने परिपाटीले पार्टीमा गुटबन्दी मौलाएको भन्दै महामन्त्री थापाले सम्बन्धित क्षेत्र, पालिका र वडाबाटै टिकट वितरण गरेमा पार्टी बलियो हुने तर्क गरे ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid