May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

नेपाली फिल्म चल्न सुरु भएको आज ५८ वर्ष पुरा

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १३:३४
नेपाली फिल्म चल्न सुरु भएको आज ५८ वर्ष पुरा
  • नेपाली फिल्म रिलिज भएको सोमबार ठीक ५८ वर्ष पुग्यो 
  • आजकै दिन पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन
  • फिल्ममा भुवन थापा चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल र शिवशंकर मानन्धरको शीर्ष भूमिका

काठमाडौं ।।

नेपाली फिल्म रिलिज भएको सोमबार ठीक ५८ वर्ष पुगेको छ । २०२२ सालमा आजकै दिन पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन भएको थियो ।चलचित्र विकास बोर्डले गत वर्ष ‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता दिएको थियो । ‘सत्य हरिश्चन्द्र’ र ‘आमा’मध्ये कुन फिल्मलाई पहिलो नेपाली फिल्म मान्ने गाँठो बोर्डले गत वर्ष फुकाएको थियो । हीरासिंह खत्री निर्देशित फिल्म ‘आमा’को छायांकन नेपालमा भएको थियो भने प्राविधिक काम भारतमा भएको थियो । फिल्ममा भुवन थापा चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल र शिवशंकर मानन्धरको शीर्ष भूमिका छ । यो फिल्मको निर्माण सरकारको प्रसार विभागले बनाएको थियो ।

तत्कालीन राजा महेन्द्रको आग्रहमा भारतीय फिल्ममा काम गरिरहेका निर्देशक खत्रीले पञ्चायती व्यवस्थाको प्रवर्द्धनका लागि यो फिल्मको निर्माण गरेको इतिहासकार बताउँछन् । प्रमुख भूमिकामा रहेकी अभिनेत्री भुवन चन्दले यो फिल्ममा अभिनय गर्न पाउनु नै उनको जीवनको सबैभन्दा महत्वपूर्ण र अविस्मरणीय घटना भएको बताएकी थिइन् । चौध वर्षको उमेरमा हरिप्रसाद रिमालले पनि आमामा सानो भूमिका निर्वाह गरी आफ्नो अभिनय जीवनको सुरुवात गरेका थिए ।

यो फिल्मको छायांकन चार महिनाको समयावधिमा पूरा गरिएको थियो । पोस्ट-प्रोडक्सनलाई भारतको कोलकातामा ६ महिनामा पूरा गरिएको थियो ।  धेरैजसो दृश्य एकैचोटि छायांकन गरिएको थियो । भुवन चन्दलाई यस फिल्ममा अभिनय गराउन हजार रुपैयाँ ज्यालाको रूपमा दिइएको थियो । चलचित्र विकास बोर्ड र निर्देशक समाजले असोज १५ गतेलाई आमाको प्रदर्शन मितिको रुपमा उल्लेख गरेका छन् । तर विकिपेडिया लगायतमा भने असोज २२ को मिति लेखिएको छ । ‘सत्य हरिश्चन्द्र’ २००६ सालमा रिलिज भएको थियो । तर निर्देशकदेखि प्राविधिकसम्म भारतीय भएकाले यसलाई नेपालमा निर्माण भएको मान्न नहुने तर्क बोर्डको छ ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।