sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसदलाई वडाध्यक्षको स्तरमा दाँजेकोमा म त सलाम गर्छु बालेनजीलाई : सांसद दीपक गिरी

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १२:४६
सांसदलाई वडाध्यक्षको स्तरमा दाँजेकोमा म त सलाम गर्छु बालेनजीलाई : सांसद दीपक गिरी

काठमाडौं ।।

नेपाली कांग्रेसका सांसद दीपक गिरीले बजेट भाषणको समय परिवर्तन गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । हरेक जेठ १५ गते बिहान १० बजे नै प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्नुपर्ने उनले माग गरे । हाल बजेट अपराह्न ४ बजे प्रस्तुत गरिँदै आएको छ ।

“बजेट भाषण सधैँ बेलुका ४ बजे हुने, के कारणले ४ बजे हुने ? किन बिहान १० बजे, १२ बजे नहुने ? मैले कारण के रहेछ भनेर हेरेँ – जति बेला भारतमा ब्रिटिस इन्डिया सरकार थियो, त्यति बेला भारतमा ४ बजेट भनिँदो रहेछ,” उनले भने,“ त्यति बेला इंग्ल्यान्डमा बिहानको १० बज्दो रहेछ । त्यति बेला त्यहाँका ब्रिटिसलाई सुन्नु जरुरी रहेछ । त्यो कारण चलेको चलन नेपालमा आयो । त्यो सुर्धानुपर्यो ।”

सांसदबारे जनताले नबुझेकाले आफूलाई ‘झोले सांसद’ भन्न रुचाउने उनले बताए । “आफूलाई झोले सांसद भन्न रुचाउँछु । राति फोन आउँछ एउटा बुढीआमाको-बाबु, मेरो त एउटा खसी मर्यो  नि, दुइटा खसी पालेको सांसद बाबुले केही गरिदिनुहुन्छ कि ! यस्तो छ नागरिकको बुझाइ,” उनले भने ।

सांसदले कानुन, विधेयक बनाउनुपर्ने भन्ने नागरिकलाई थाहा नभएको उनको भनाइ छ । उनले सांसदलाई वडाध्यक्षको स्तरमा दाँजेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई धन्यवाद समेत दिए । “म त सलाम गर्छु बालेनजीलाई । उहाँले हामी झोलेलाई वडाध्यक्षको स्तरमा  पुर्याईदिनुभयो,” सांसद गिरीले भने, “चिन्न छोड्नुभयो होला भन्ने फोन आउँछ । जनताको स्तर यस्तो छ ।” सरकारमा भएकाहरूले शीर्ष नेताको क्षेत्रमा बढी बजेट राख्ने गरिएको भन्दै उनले आपत्ति जनाए ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १२:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid