May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

सांसदलाई वडाध्यक्षको स्तरमा दाँजेकोमा म त सलाम गर्छु बालेनजीलाई : सांसद दीपक गिरी

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १२:४६
सांसदलाई वडाध्यक्षको स्तरमा दाँजेकोमा म त सलाम गर्छु बालेनजीलाई : सांसद दीपक गिरी

काठमाडौं ।।

नेपाली कांग्रेसका सांसद दीपक गिरीले बजेट भाषणको समय परिवर्तन गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । हरेक जेठ १५ गते बिहान १० बजे नै प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्नुपर्ने उनले माग गरे । हाल बजेट अपराह्न ४ बजे प्रस्तुत गरिँदै आएको छ ।

“बजेट भाषण सधैँ बेलुका ४ बजे हुने, के कारणले ४ बजे हुने ? किन बिहान १० बजे, १२ बजे नहुने ? मैले कारण के रहेछ भनेर हेरेँ – जति बेला भारतमा ब्रिटिस इन्डिया सरकार थियो, त्यति बेला भारतमा ४ बजेट भनिँदो रहेछ,” उनले भने,“ त्यति बेला इंग्ल्यान्डमा बिहानको १० बज्दो रहेछ । त्यति बेला त्यहाँका ब्रिटिसलाई सुन्नु जरुरी रहेछ । त्यो कारण चलेको चलन नेपालमा आयो । त्यो सुर्धानुपर्यो ।”

सांसदबारे जनताले नबुझेकाले आफूलाई ‘झोले सांसद’ भन्न रुचाउने उनले बताए । “आफूलाई झोले सांसद भन्न रुचाउँछु । राति फोन आउँछ एउटा बुढीआमाको-बाबु, मेरो त एउटा खसी मर्यो  नि, दुइटा खसी पालेको सांसद बाबुले केही गरिदिनुहुन्छ कि ! यस्तो छ नागरिकको बुझाइ,” उनले भने ।

सांसदले कानुन, विधेयक बनाउनुपर्ने भन्ने नागरिकलाई थाहा नभएको उनको भनाइ छ । उनले सांसदलाई वडाध्यक्षको स्तरमा दाँजेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई धन्यवाद समेत दिए । “म त सलाम गर्छु बालेनजीलाई । उहाँले हामी झोलेलाई वडाध्यक्षको स्तरमा  पुर्याईदिनुभयो,” सांसद गिरीले भने, “चिन्न छोड्नुभयो होला भन्ने फोन आउँछ । जनताको स्तर यस्तो छ ।” सरकारमा भएकाहरूले शीर्ष नेताको क्षेत्रमा बढी बजेट राख्ने गरिएको भन्दै उनले आपत्ति जनाए ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १२:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।