May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

सबै घरमा नम्बर प्लेट हुनुपर्ने वालिङ नगरको अभियान सुरु

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १४:१९
सबै घरमा नम्बर प्लेट हुनुपर्ने वालिङ नगरको अभियान सुरु
  • वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने
  • नगरका १४ वटै वडामा स्वास्थ्य स्थितिको अभिलेखीकरण गर्ने 
  • नसर्ने रोगका कारण अकालमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले यो अभियान सुरु 

वालिङ (स्याङ्जा) ।।

स्मार्ट सिटीको अवधारणाअनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’अन्तर्गत घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो ।

संघीय सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नगरभित्रका प्रत्येक घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको नगर प्रमुख कृष्ण खाँणले बताए । नगरका १४ वटै वडामा रहेका प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरणसहित घर जीपीएस प्रणालीबाट पत्ता लगाउन सक्नेगरी नम्बर प्लेट टाँसिएको उनको भनाइ थियो ।

“यो कार्यक्रममार्फत प्रत्येक नागरिकको स्वास्थ्य स्थितिका बारेमा नगरपालिका जानकार भइरहने र सोही बमोजिम अन्य कार्यक्रम तथा नीति तयार गर्न सघाउ पुग्ने देखिन्छ,” खाँणले भने, “वडा नं ३ को माझकोटबाट सुरु भएको यो अभियानलाई एक महिनाको अवधिमा नगरका सबै वडामा पुर्‍याउँछौंँ ।”

सरुवा रोगको संक्रमणको जोखिम न्यूनीकरण गर्दै रोगका बारेमा सचेतना फैलाउन यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ ।  नसर्ने रोगका बारेमा पनि नागरिकलाई सचेत बनाइने भएको उपप्रमुख कविता तिवारीले बताइन् । उनका अनुसार अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन प्रत्येक वडामा नर्सहरू खटाइसकिएको छ ।

नर्समार्फत नागरिकमा देखिने मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सर लगायतका रोगका बारेमा जानकारी दिने र स्वस्थ जीवनशैली कसरी हुनसक्छ भन्ने विषयमा सचेतना जगाउने काम गरिने उनले बताइन् ।  “सबैभन्दा ठूलो सम्पत्ति नै स्वास्थ्य हो”, उनले भनिन्, “यहाँका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि स्वास्थ्यकर्मीलाई घरघरमै पठाएका छौँ । प्रत्येक घरमा पुगेर तथ्यांक संकलन गर्ने र बिरामीलाई आवश्यक परामर्श प्रदान गरिनेछ ।”

विशेषगरी ग्रामीण भेगमा बस्ने नागरिकले नसर्ने रोगका कारण अकालमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले यो अभियान अगाडि बढाइएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । नगरपालिकाले घरघरमा नम्बर प्लेट टाँससँगै घरका सदस्यको स्वास्थ्य अवस्थाको सबै विवरण राखिने भएकाले पनि पहिचान गर्न सहज हुने उनको भनाइ थियो ।

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १४:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।