May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

इजरायलले गाजामा गरिरहेकाे भूमिगत आक्रमणका क्रममा ११ जना सैनिककाे ज्यान गयाे

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १४:२८
इजरायलले गाजामा गरिरहेकाे भूमिगत आक्रमणका क्रममा ११ जना सैनिककाे ज्यान गयाे

इजरायलले गाजामा गरिरहेको भूमिगत आक्रमणका क्रममा ११ जना इजरायली सैनिकको ज्यान गएको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गरेर यसअघि हवाई आक्रमण गरिरहेको इजरायलले केही दिनदेखि भूमिगत आक्रमण गरिरहेको छ । हमाससँगको दोहोरो भिडन्तका क्रममा हिजो मङ्गलवार ११ जना सैनिकको ज्यान गएको इजरायली रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मारिएका सैनिकको उमेर १९ देखि २४ वर्ष बीचको रहेको छ ।

यही अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणयता मारिने इजरायली सैनिकको सङ्ख्या ३ सय २६ जना पुगेको छ । इजरायलमा सैनिकसहित झन्डै १४ सय जनाको ज्यान गएको छ भने इजरायलको आक्रमणमा परेर गाजामा झन्डै ९ हजार जना मारिएका छन् ।

हमासको आक्रमणको बदला लिन इजरायलले गाजा क्षेत्र लगभग ध्वस्त बनाएको छ भने कडा नाकाबन्दी लगाएको छ । गाजामा टेलिफोन र इन्टरनेट सेवा पनि ठप्प भएको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १४:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।