sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यूएसएआईडीले नेपाललाई ८९ करोड उपलब्ध गराउने

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १४:५७
यूएसएआईडीले नेपाललाई ८९ करोड उपलब्ध गराउने
  • यूएसएआईडीले नेपाललाई ८९ करोड रुपैयाँ सहयोग गर्ने 
  • विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा सुरुआत 
  • यसले खाद्य तथा कृषि संगठनमार्फत पनि काम गर्ने

काठमाडौं ।।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले नयाँ संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड रुपैयाँ आर्थिक सहायतास्वरूप उपलब्ध गराउने भएको छ । उक्त रकम यूएसएआईडीले विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत नेपाललाई तीन वर्षमा उपलब्ध गराउनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूएसएआईडीले आइतबार विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा सुरुआत गरेका छन् ।

“यो कार्यक्रम नयाँ संक्रामक रोगहरू रोकथाम गर्ने, पत्ता लगाउने र तीविरुद्ध द्रुत रूपमा प्रतिकार्य गर्ने नेपाल सरकारको क्षमतालाई सुदृढ बनाउनका लागि गरिएको साझेदारी हो,” काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य सुरक्षा र महामारीको पूर्वतयारीलाई विश्वव्यापी रूपमै सुदृढ पार्ने जो बाइडेन प्रशासनको लक्ष्यको एक हिस्सास्वरूप यो साझेदारी अघि बढाइएको दूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत नेपालमा ‘वन हेल्थ प्लेटफर्म’ र निगरानी प्रणालीलाई सुदृढ बनाउन यूएसएआईडीले मन्त्रालयलाई कोष उपलब्ध गराउने विज्ञप्तिमा जनाइएको छ । दूतावासका अनुसार यूएसएआईडीले विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनमार्फत पनि काम गर्नेछ । “यो कार्यक्रम नेपालीको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्ने दिशामा एउटा महत्त्वपूर्ण अग्रगामी कदम हो र यसले विश्व स्वास्थ्य तथा महामारीको पूर्वतयारीप्रति यूएसएआईडीको जारी प्रतिबद्धतालाई प्रतिविम्बित गर्छ,” यूएसएआईडीको एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल शिफरले भने ।

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid