May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

यूएसएआईडीले नेपाललाई ८९ करोड उपलब्ध गराउने

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १४:५७
यूएसएआईडीले नेपाललाई ८९ करोड उपलब्ध गराउने
  • यूएसएआईडीले नेपाललाई ८९ करोड रुपैयाँ सहयोग गर्ने 
  • विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा सुरुआत 
  • यसले खाद्य तथा कृषि संगठनमार्फत पनि काम गर्ने

काठमाडौं ।।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले नयाँ संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड रुपैयाँ आर्थिक सहायतास्वरूप उपलब्ध गराउने भएको छ । उक्त रकम यूएसएआईडीले विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत नेपाललाई तीन वर्षमा उपलब्ध गराउनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूएसएआईडीले आइतबार विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा सुरुआत गरेका छन् ।

“यो कार्यक्रम नयाँ संक्रामक रोगहरू रोकथाम गर्ने, पत्ता लगाउने र तीविरुद्ध द्रुत रूपमा प्रतिकार्य गर्ने नेपाल सरकारको क्षमतालाई सुदृढ बनाउनका लागि गरिएको साझेदारी हो,” काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य सुरक्षा र महामारीको पूर्वतयारीलाई विश्वव्यापी रूपमै सुदृढ पार्ने जो बाइडेन प्रशासनको लक्ष्यको एक हिस्सास्वरूप यो साझेदारी अघि बढाइएको दूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत नेपालमा ‘वन हेल्थ प्लेटफर्म’ र निगरानी प्रणालीलाई सुदृढ बनाउन यूएसएआईडीले मन्त्रालयलाई कोष उपलब्ध गराउने विज्ञप्तिमा जनाइएको छ । दूतावासका अनुसार यूएसएआईडीले विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनमार्फत पनि काम गर्नेछ । “यो कार्यक्रम नेपालीको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्ने दिशामा एउटा महत्त्वपूर्ण अग्रगामी कदम हो र यसले विश्व स्वास्थ्य तथा महामारीको पूर्वतयारीप्रति यूएसएआईडीको जारी प्रतिबद्धतालाई प्रतिविम्बित गर्छ,” यूएसएआईडीको एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल शिफरले भने ।

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट