May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

८ दिनदेखि दाङबाट हराएका बालक काठमाडौंमा भेटिए

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १३:१९
८ दिनदेखि दाङबाट हराएका बालक काठमाडौंमा भेटिए
  • घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक
  • आठ दिनपछि काठमाडौंमा फेला परे
  • जिवराज आफैंले छोरालाई भेट्टाए 

काठमाडौं ।।

दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् । उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला पारेको उनका बुवा जिवराज रेग्मीले जानकारी दिए । ‘आठ दिनपछि छोरो सकुशल फेला पर्दा भावकु भएँ, मेरो खुसीको आँसु झर्यो, छोरो पनि रोयो,’ जिवराजले भने ।

खेल्न जान लागेको भन्दै घरबाट निस्किएका आनन्द मंसिर १४ गते राति अबेरसम्म नफर्किएपछि अभिभावकहरुले खोजी सुरु गरेका थिए । दाङबाट काठमाडौं जाने गाडीमा चढेको प्रारम्भिक जानकारी पाएपछि उनका बुवा रेग्मी छोरो खोज्न भन्दै काठमाडौं आएका थिए । प्रहरीले पनि खोजी जारी राखेको भएपनि जिवराज आफैंले छोरालाई फेला पारेका थिए ।

बुवा जिवराजका अनुसार उनको छोरा आनन्द मंसिर १२ गते तुलसीपुरबाट काठमाडौं जाने नाइट बस चढेका थिए । भोलिपल्ट उनी बालाजु माछापोखरीमा ओर्लिएका थिए । त्यसपछि उनी नयाँबसपार्क क्षेत्रभित्रका खाली बसमा बस्ने र होटलमा गएर खाने गरेका थिए ।

घुम्न भनेर दाङबाट काठमाडौं आएका उनले आठ दिनको अवधिमा धेरैजसो बसमै यात्रा गरेर बिताएको पाइएको छ । उनका बाबु जिवराजले भने, ‘घरबाट काठमाडौं आएपछि फेरि काठमाडौंबाट बस चढेर नेपालगञ्ज, सुर्खेत पुगेर काठमाडौं नै फर्किएछ । नेपालगञ्जमा साइकल किनेर, काठमाडौं ल्याएर स्वयम्भुसम्म घुम्न पनि गएछ ।’

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट