July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

अब देखि एक पटक सोधिएको प्रश्न पाँच वर्षसम्म दोहोरिनेछैन

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १५:३२
अब देखि एक पटक सोधिएको प्रश्न पाँच वर्षसम्म दोहोरिनेछैन

काठमाडौं ।।

  • ’बोर्डले कक्षा ८, १० र १२ मा स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने
  • नेपालभरका २५० जना शिक्षकहरुलाई प्रशिक्षण 
  • विद्यार्थीको सिकाइ सक्षमता विकास गर्ने 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ ।

बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन । बजारमा पाइने गाइड, गेसपेसर जस्ता पुराना प्रश्नपत्रको सँगालोको आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न स्तरीकृत परीक्षा प्रणाली लागू गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने ‘स्तरीकृत परीक्षा प्रणालीमा देशभर प्रश्नपत्र एउटै स्तरको हुन्छ र एक पटक सोधिएको प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिँदैन ।

अर्को सिकाइ र बुझाइका आधारमा उत्तर लेख्नुपर्ने हुन्छ ।’बोर्डले कक्षा ८, १० र १२ मा स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने तयारी गरिरहेको छ । त्यसका लागि नेपालभरका २५० जना शिक्षकहरुलाई देशभरका प्रश्नपत्रको स्तर एउटै बनाउनको लागि प्रशिक्षण दिइसकेको जनाएको छ । बोर्डका अनुसार कक्षा ८ र १२ मा आगामी वर्ष लागू हुनेछ ।

विद्यार्थीको सिकाइस्तर उकास्नको लागि स्तरीकृत परीक्षा प्रणाली लागु गरिएको अध्यक्ष शर्मा बताउँछन् । उनी भन्छन् ‘पाठ्यक्रमको मर्म अनुसार विद्यार्थीको सिकाइ सक्षमता विकास हुने र विभिन्न कक्षा उत्तीर्ण गरेपछि परीक्षार्थीले के के सिके भन्ने जान्न यो परीक्षा प्रणालीले सहयोग पुर्याउंछ ।’

परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले विद्यालय तहको एउटै परीक्षार्थीको उत्तरपुस्तिकालाई फरक फरक परीक्षकले परीक्षण गर्दा अंकमा धेरैले फरक पाइएको भन्दै त्यस्तो अन्तर घटाउन स्तरीकृत परीक्षा प्रणाली उपयुक्त हुने बताए । उनी भन्छन्, ‘एउटै उत्तरपुस्तिका परीक्षण गर्दा शिक्षकहरूले दिने अंक २० अङ्कसम्म अन्तर रहेको पाइयो । यो विद्यार्थीको लागि ठूलो अन्याय हो । तर यो प्रणालीले त्यो अन्तर कम गर्छ ।’

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १५:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्