April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

ओलीद्वारा बबई डाइभर्सन अवलोकन

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १0:५0
ओलीद्वारा बबई डाइभर्सन अवलोकन
  • ओलीले  बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरे
  • केही ढिलो भएको भन्दै उनले यथाशीघ्र काम सम्पन्न गर्नुपर्ने
  • यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन 

काठमाडौं ।।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन् । अवलोकनपछि उनले कामको गुणस्तरमा सम्झौता गर्न नहुने बताए । महाकाली–मेची अभियानको क्रममा मंगलबार बिहान भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेपछि उनले भने, ‘यहाँको कामको गुणस्तरमा कम्प्रोमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँगको कारोबार छ ।

यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन ।’ उनले काममा केही ढिलो भएको भन्दै उनले यथाशीघ्र काम सम्पन्न गर्नुपर्ने बताए । तर काम जारी रहेको भन्दै ढिलोचाँडो सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।

‘हाम्रो नेपालीहरुको काममा ढिलाइ गर्ने चलन भएको छ । तर यसलाई गति दिनुपर्छ । जे होस् काम भइरहेको छ । यो सम्पन्न हुन्छ,’ ओलीले भने । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति जान्न चाहेर अवलोकनमा आएको उनले बताए । आयोजनाका अधिकारीहरुका अनुसार भेरी बबई डाइभर्सनको काम हालसम्म ३५ प्रतिशत सम्पन्न भएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १0:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।