काठमाडौं ।।
सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा प्रारम्भिक छलफल गर्ने भएको छ । समितिले छलफलका लागि बुधबार (भोलि) दिउँसो २ बजे बैठक आह्वान गरेको छ । बैठक सिंहदरबारस्थित भवन नं. १ को समितिको बैठक हलमा नै बस्ने बताइएको छ ।
एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले पाँच करोड डलरमा हाल एनसेलकै साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने सहमति भएको छ । तर, नेपाल दूरसञ्चार प्राधिकरणलाई भने हालसम्म जानकारी दिइएको छैन ।