काठमाडौं ।।
नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
महाधिवेशन काठमाडौंमा गरिनेछ । यसअघि, माघको १४-१८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो । त्यस्तै, मंसिरको २८ र २९ गते सचिवालय बैठक बस्नेछ । पुसको ९ गते स्थायी, पुस १० गते पोलिट्ब्युरो, पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने उनले बताए ।