April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

सिप बिल्डिङका १८ जनाले मात्र ईपीएसका लागि आवेदन दिन पाउने

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:५३
सिप बिल्डिङका १८ जनाले मात्र ईपीएसका लागि आवेदन दिन पाउने

काठमाडौँ । सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जनाले मात्रै ईपीएस कोरियाका लागि आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले १८ जनालाई आवेदन फाराम भर्नका लागि बोलाएको हो ।

ती बाहेकको हकमा तत्कालको केही नहुने ईपीएस कोरिया शाखाले जनाएको छ । उनीहरूलाई भोलि (पुस १३ गते) आवेदन फाराम भर्नका लागि बोलाएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ईपीएस शाखा कार्यालयमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेश पत्र र तोकिएको शुल्क लिई आउन भनेको भनेको हो ।

उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा सुरज पाठकसहितका १८ जनाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनीहरुले सिप बिल्डिङ क्षेत्रको परीक्षामा सामेल भएर अनुत्तीर्ण भएका थिए । उत्पादनमूलक क्षेत्रका लागि आह्वान गरिएको सूचनामा उनीहरूलाई आवेदन दिन नपाउने भनिएको थियो ।

त्यसका विरुद्धमा उनीहरू अदालत गएका थिए । अदालतले पुस ५ गते अन्तरिम आदेश जारी गर्दै निवेदकहरूलाई आवेदन फाराम भर्न रोक नलगाउनु र निवेदकहरूलाई आवेदन फाराम भर्न दिनु भने अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको अन्तरिम आदेशको आधारमा नै उनीहरूलाई फाराम भर्नका लागि बोलाइएको ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले बताए ।

‘अदालतले सुरज पाठकसहित १८ जनालाई फाराम भर्न दिन भनेको छ । त्यसैले उनीहरूलाई मात्र दिइएको हो । अरूको हकमा अहिले केही पनि हुँदैन’ उनले भने ।

ईपीएस कोरिया शाखाले मंसिर १९ गते सूचना जारी गरेर उत्पादनमूलक क्षेत्रका लागि आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको थियो । जसमा सन् २०२३ भित्र अन्य क्षेत्र तर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकहरूले उत्पादनमूलक क्षेत्रमा फर्म भर्न नपाउने उल्लेख गरेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।