April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते

सर्वोच्चमा न्यायाधीशको सुनुवाइ मंसिर २७ देखि सुरु हुने

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १२:३४
सर्वोच्चमा न्यायाधीशको सुनुवाइ मंसिर २७ देखि सुरु हुने
  • न्यायाधीशमा सिफारिस व्यक्तिहरुसँग मंसिर २७, २८ र २९ गते सुनुवाइ गर्ने
  •  सिफारिस ६ जनाको सुनुवाइ समिति तोकियो 
  • मंसिरमा सर्वोच्चको न्यायाधीशमा सिफारिस व्यक्तिउपर उजुरी आह्वान

काठमाडौं ।।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस व्यक्तिहरुसँग मंसिर २७, २८ र २९ गते सुनुवाइ गर्ने भएको छ । बिहीबार बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको सुनुवाइ समिति तोकेको हो । न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

समितिले यसअघि ९ मंसिरमा सर्वोच्चको न्यायाधीशमा सिफारिस व्यक्तिउपर उजुरी आह्वान गरेको थियो । हालसम्म समितिमा ९ वटा उजुरी परेको छ । समितिले उजुरीकर्तासँग मंसिर २४ गते छलफल गर्ने र त्यसको ३ दिनपछि न्यायाधीशमा सिफारिस व्यक्तिहरुको सुनुवाइ गर्ने तय गरेको एक सांसदले जानकारी दिए ।

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।