April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

उपत्यकाको फोहोर व्यवस्थापन भोलि नै पनि रोकिन सक्छ : चिरिबाबु महर्जन

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १४:१४
उपत्यकाको फोहोर व्यवस्थापन भोलि नै पनि रोकिन सक्छ : चिरिबाबु महर्जन
  • उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ मात्र हो 
  • फोहोर व्यवस्थापनलाई दिगोपन दिन जरुरी छ 
  • १६ वटा नगरपालिकाको फोहोर धादिङको बन्चरेडाँडाले थेग्न सक्दैन 

 काठमाडौं ।।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ प्रकृतिको मात्र रहेकाले जुनसुकै दिन रोकिन सक्ने बताएका छन् । बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले फोहोर व्यवस्थापनलाई दिगोपन दिन जरुरी रहेको बताए । ‘उपत्यकाको फोहोर व्यवस्थापन एकदमै मार्जिनल टाइपले भइरहेको छ । भरे पनि रोकिन सक्छ । भोलि पनि रोकिन सक्छ । केवल काम चलाउको रुपमा भइरहेको छ । यसलाई दिगोपन दिनुपर्छ’, उनले भने ।

हाल काठमाडौं उपत्यकाका दुईवटा महानगरपालिका र १६ वटा नगरपालिकाको फोहोर धादिङको बन्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्ने गरिएको छ । त्यहाँ दिनको लगभग १२ सय मेट्रिक टन फोहोर फाल्ने गरिएको छ । त्यहाँ फाल्ने फोहोरमध्ये ६५ प्रतिशत काठमाडौं महानगरपालिका र १९ प्रतिशतसम्म ललितपुरको हुने गरेको मेयर महर्जनले बताए । ललितपुर महानगरपालिकाबाट उत्पादित फोहोरको आफैं व्यवस्थापन गर्ने कि भन्ने सोचे पनि तत्काल सम्भव नहुने बताए ।

‘एक त ललितपुर महानगरपालिकाको जति पनि क्षेत्र छ, त्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको रुटमा पर्छ । दोस्रो कुरा, हामीले महांकाल गाउँपालिकामा पनि फोहोरमैला व्यवस्थापन गर्ने भनेर कोशिस गरेको हो । तर त्यहाँ पनि सोसल इस्युहरु निस्कियो’, उनले भने । सरकारले काठमाडौं उपत्यकाको फोहोर फाल्नका लागि बञ्चरेडाँडामा पूर्वाधार बनाएको छ । तर त्यहाँ कुहिने र नकुहिने फोहोर सही ढंगले व्यवस्थापन नगर्दा ५० वर्षका लागि डिजाइन गरेको पूर्वाधार १० वर्ष पनि नटिक्ने जोखिम देखिएको उनको भनाइ छ ।

‘बञ्चरेडाँडा ५० वर्षको निमित्त गरेको डिजाइन हो । तर अहिलेकै हिसावमा गयो भने त्यो ५० वर्ष होइन १० वर्षपनि टिक्दैन । ५० वर्षसम्म आयु टिकाउनकै निमित्त पनि ओखरपौवाको फोहोर सफा गरेर त्यहाँ निस्किएको सोसल इस्युलाई सम्बोधन गरेको खण्डमा यसको आयु बढ्छ’, उनले भने । यो विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेको र उनी सकारात्मक रहेको महर्जनले बताए ।

अहिले जसरी नै फोहोर फाल्ने हो भने त्यहाँको ल्याडफिल साइट छिट्टै भरिने उनले बताए । ‘अहिले त्यहाँको जुन अवस्था छ, एक त ओखरपौवाले गर्दा त्यहाँको जनजीवनलाई नै अस्तव्यस्त पारिएको छ । काठमाडौं उपत्यकाको फोहोरले त्यहाँको स्थानीय जनतालाई दुःख दिन पाइँदैन । दुःख दिनु हुँदैन’, उनले भने । बन्चरेडाँडा क्षेत्रका बासिन्दाको समस्या समाधान गर्न काठमाडौं उपत्यकाका सबै नगरपालिकाले दामासाहीले खर्च व्यहोर्नुपर्ने मेयर महर्जनले बताए ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १४:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।