July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० ११:४९
एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि
  • ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिबारसम्पन्न
  • गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना भयो 
  • १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी

काठमाडौं ।।

एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिबारसम्पन्न भएको छ । यस प्रतियोगितामा १४३ प्रतियोगिहरुको सहभागीता रहेको थियो । एनसेलले आयोजना गरेको यस दुई दिने गल्फ प्रतियोगिताले गल्फ खेलाडीहरु तथा यस खेलका पारखीहरुलाई एउटै प्लेटफर्ममा ल्याई प्रतियोगितालाई एक स्मरणीय उत्सव बनाएको छ । एनसेल ओपन गल्फ प्रतियोगितामा बाबु शेर्पा मुख्य उपाधि जित्न सफल भए ।   शनिबार गोकर्णमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भएका थिए ।

यस प्रतियोगिताको पुरस्कार स्वरुप शेर्पाले ट्रफी र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ जित्न सफल भएका छन् । ४१ प्वाइन्टसहित बराबरमा रहेका प्रदिप केसी र स्वदेश   गुरुङबीच ब्याक नाइनमा २३ अंक जोड्दै केसी रनर अफ भए ।  केसीले पुरस्कार स्वरुप ट्रफी र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन् । ३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि शदभाव आचार्यले जित्न सफल भए । आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार पनि जित्न सफल भए । उनले ट्रोफिसँगै सामसङको ग्याल्याक्सी जेड फ्ल्पि पुरस्कार स्वरुप प्राप्त गरे ।

त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा तारा कार्की चित्रकार विजयी भएकी छिन् र उनले ट्रोफिसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेकी छन् । गीता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा रनरअप भइन् । ३७ प्वाइन्टको साथ रविन्द्र पुरुष ढकाल सिनियर्स तर्फबाट (६० वर्ष भन्दा माथि) विजयी भएका छन् । त्यस्तै होलको आठ इन्च नजिक बल प्रहार गरेर क्लोजेस्ट टू द पीनको उपाधि ज्ञान बाहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथ मोस्ट बर्डिजको उपाधि जित्न सफल भए । यो प्रतियोगिता ३-४ ह्यान्ड्याप स्टेबलफोर्ड ढाँचामा खेलिएको थियो ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट