May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

राम्रो काम गर्नू भन्दै कोसीका मुख्यमन्त्री कार्कीलाई ओलीले दिए धन्यवाद

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १२:१५
राम्रो काम गर्नू भन्दै कोसीका मुख्यमन्त्री कार्कीलाई ओलीले दिए धन्यवाद
  • मुख्यमन्त्री केदार कार्कीको अध्यक्ष केपी शर्मा ओलीसँग भेट
  • भेटमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सहभागी
  • ओलीजीलाई निस्कन हतार भएकाले लामो कुराकानी भएन

काठमाडौं ।।

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनी एमालेको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आइतबार बिहान भक्तपुरको बालकोटस्थित निवासमै पुगेर उनले ओलीसित भेट गरे । भेटमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सहभागी थिए । त्यसक्रममा कार्कीले सहयोगका लागि ओलीलाई धन्यवाद दिए । राम्रो काम गर्न ओलीले कार्कीलाई आग्रह गरेको आचार्यले जानकारी दिए ।

“हामी जाम परेका कारण ढिला पुग्यौँ । ओलीजीलाई निस्कन हतार भएकाले लामो कुराकानी भएन । केदारजीले सहयोगका लागि धन्यवाद दिनुभयो,” उनले भने, “ओलीजीले राम्रो काम गर्नू भन्नुभयो ।” सत्ता गठबन्धनको निर्णयलाई चुनौती दिँदै नेपाली कांग्रेसका नेता शेखर कोइरालापक्षीय आठ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री कार्कीले शनिबार नेता कोइरालासित भेटवार्ता गरेका थिए ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १२:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।