काठमाडौं ।।
नाबालिग बलात्कार आरोप लागेको सन्दीप लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ । लामिछानेलाई गत वर्षको कात्तिक १४ गते नाबालिग गौशाला २६ (छ) लाई जबरजस्ती करणी गरेको आरोप छ । उनीविरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर भएपनि फैसला भने भइसकेको छैन । यसअघि जिल्ला अदालतले वकिलहरूलाई लिखित बहस नोट पेस गर्न मंसिर २२ सम्मको समय दिँदै मंसिर २४ गतेका लागि पेसी तोकिएको थियो ।
यसअघि गौशाला २६ (छ) नाबालिग भए नभएको एकीन गर्ने भन्दै दुईवटा आदेश भएका छन् । त्यसबाहेक न्यायाधीश राजु खतिवडाको इजलासबाट गौशला २६ (छ) की आमाको उमेर एकीन गर्ने समेत आदेश भएको थियो । न्यायाधीश पाण्डेयको इजलासमा आज तीन मुद्दा मात्र परेकोमा एउटा स्थगित भइसकेको छ । अर्को बैंकिङ कसुरसम्बन्धी मुद्दा छ भने एक नम्बरमा लामिछानेविरुद्धको मुद्दा रहेको छ ।