April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १२:२0
सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा
  • लामिछानेविरुद्धको मुद्दा पदमराज पाण्डेयको इजलासमा
  • नाबालिग भए नभएको एकीन गर्ने भन्दै दुईवटा आदेश
  • एक नम्बरमा लामिछानेविरुद्धको मुद्दा रहेको जानकारी 

काठमाडौं ।।

नाबालिग बलात्कार आरोप लागेको सन्दीप लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ ।  लामिछानेलाई गत वर्षको कात्तिक १४ गते नाबालिग गौशाला २६ (छ) लाई जबरजस्ती करणी गरेको आरोप छ । उनीविरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर भएपनि फैसला भने भइसकेको छैन । यसअघि जिल्ला अदालतले वकिलहरूलाई लिखित बहस नोट पेस गर्न मंसिर २२ सम्मको समय दिँदै मंसिर २४ गतेका लागि पेसी तोकिएको थियो ।

यसअघि गौशाला २६ (छ) नाबालिग भए नभएको एकीन गर्ने भन्दै दुईवटा आदेश भएका छन् ।  त्यसबाहेक न्यायाधीश राजु खतिवडाको इजलासबाट गौशला २६ (छ) की आमाको उमेर एकीन गर्ने समेत आदेश भएको थियो । न्यायाधीश पाण्डेयको इजलासमा आज तीन मुद्दा मात्र परेकोमा एउटा स्थगित भइसकेको छ । अर्को बैंकिङ कसुरसम्बन्धी मुद्दा छ भने एक नम्बरमा लामिछानेविरुद्धको मुद्दा रहेको छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १२:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।