May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

जनमत पार्टी सरकारमा जान तयार

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १४:0१
जनमत पार्टी सरकारमा जान तयार
  • जनमत पार्टी सरकारमा जान सकरात्मक देखिएको छ ।
  • प्रधानमन्त्री प्रचण्डलाई बिहान भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउतले तीन शर्त राखेका थिए ।
  • प्रधानमन्त्री आफूहरुले उठाएका मुद्दामा सकारात्मक रहेको उनले बताए ।

काठमाडौं ।।

जनमत पार्टी सरकारमा जान सकरात्मक देखिएको छ । जनमतले राखेका शर्तहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई बिहान भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउतले तीन शर्त राखेका थिए । बजेट, मधेस प्रदेशमा बिना विभागीय बनाइएका आफ्ना दुई मन्त्री र संघमा मन्त्रीका विषयमा अध्यक्ष राउतले प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

जनमत पार्टीका नेता अब्दुल खानका अनुसार प्रधानमन्त्री सकरात्मक देखिएकाले सरकारमा जाने सम्भावना बढेको छ । ‘बजेट गरिएको असमानता हटाउने, मधेसमा बिना विभागीय मन्त्री बनाइएकालाई जिम्मेवारी दिने र केन्द्रको मन्त्रालयका विषयमा छलफल भएको छ,’ खानले  भने । प्रधानमन्त्री आफूहरुले उठाएका मुद्दामा सकरात्मक रहेको उनले बताए ।

श्रोतका अनुसार आज आइतबार ४ बजे बस्ने सत्ता पक्षीय दलको बैठकले जनमतलाई सरकारमा ल्याउनेबारे निर्णय लिन सक्ने छ । प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रबाट मन्त्री भएका मध्येबाट एकलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा भित्र्याउने तयारीमा रहेका छन् ।

पुस १० गते बनेको एमाले – माओवादी गठबन्धनमा खानेपानी मन्त्रालय सम्हाल्ने गरि जनमत सरकारमा गएको थियो । मन्त्रालयमा असन्तुष्टि राख्दै आएको जनमत पुरानो गठबन्धन व्युँतिएसँग सरकारबाट बाहिरिएको थियो ।

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।