May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

बबरमहलको ट्राफिक लाइट बनाइयो

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १४:५१
बबरमहलको ट्राफिक लाइट बनाइयो
  • ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा आयो 
  • दिउँसो ११ बजेबाट स्विच थिचेर सडक पार गर्न सकिने 
  • ट्राफिक लाइट राखिदिपछि बाटो वारपार गर्नेहरुलाई सहज

काठमाडौं ।।

बबरमहलमा राखिएको ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यो ट्राफिक लाइट सञ्चालनमा आएको एक महिना नपुग्दै बिग्रिएको थियो । प्राविधिकहरुले ट्राफिक लाइट मर्मत गरेर सन्चालनमा ल्याइसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

महानगरका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार शनिबार दिउँसो ११ बजेबाट स्विच थिचेर सडक पार गर्ने प्रणाली अपग्रेड गर्ने क्रममा केहीबेर रोकिएको थियो । ‘पहिला परीक्षण मात्रै भएको थियो, हिजो शनिबार भीडभाड कम हुने समयमा दिउँसो सिस्टम अपग्रेड गर्दा २-३ घण्टा रोकिएको हो,’ खरेलले भने । खरेलले शनिबार दुई–तीन घण्टा मात्र रोकिएको भने पनि आइतबार बिहानसम्म पनि ट्राफिक लाइट चलेको थिएन ।

त्यहाँ ड्युटीमा खटिएका ट्राफिक प्रहरीले पैदलयात्रुहरुलाई ट्राफिक लाइट बिग्रिएको जानकारी गराउँदै बाटो काट्न सघाएका थिए । बबरमहलमा राखिएको ट्राफिक लाइट पैदलयात्रु आफैंले बटन थिचेर बत्ती बाल्ने र गाडी रोकिएपछि बाटो काट्न मिल्ने खालको छ । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत अगाडिको सडकमा जडान गरेको यो ट्राफिक लाइट यही मंसिर ११ गते सन्चालनमा ल्याएको थियो ।

सिस्टम अपग्रेड गरियो

महानगरका सडक सुरक्षा विज्ञ खरेलका अनुसार यो ट्राफिक लाइटको सिस्टम अपग्रेड गरिएको छ । उनले भने, ‘पहिला हरियो बत्ती बल्दा कति समय बाँकी छ भन्ने टाइम काउन्ट देखाउँदैन थियो । अहिले त्यो टाइम काउन्ट अपग्रेड गरिएको छ।

यस्तै पहिले पैदलयात्रुले दुई मिनेट पछि स्विचमा झिमिक्क-झिमिक्क लाइट बलेपछि मात्रै थिच्ने सिस्टम थियो अब भने दुई मिनेट बाँकी हुँदा जतिबेला पनि थिच्न पाउने गरी प्रणाली सेट भएको छ ।’ काठमाडौं महानगरपालिका र उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहाँ ट्राफिक लाइट राखिदिपछि बाटो वारपार गर्नेहरुलाई सहज भएको छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १४:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।