May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा

निकारागुवाकी सुन्दरी बनिन् मिस युनिभर्स, यस्तो थियो अन्तिम सवाल र जवाफ

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:५८
निकारागुवाकी सुन्दरी बनिन् मिस युनिभर्स, यस्तो थियो अन्तिम सवाल र जवाफ

काठमाडौं । यस वर्षको मिस युनिभर्स प्रतियोगितामा निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जितेकी छन् । नेपालकी प्रतिस्पर्धी जेन दीपिका गर्रेट टप १० मा पुग्न असफल भइन् ।

९० वटा देशले भाग लिएको मिस युनिभर्सको ७२ संस्करणमा मिस निकारागुवा पलासियोले बाजी मारेकी हुन् । दक्षिण अमेरिकी देश निकारागुवाकी प्रतिस्पर्धीले ताज पहिरिएको यो पहिलो पटक हो । थाइल्यान्डकी सुन्दरी दोस्रो र अष्ट्रेलियाकी सुन्दरी तेस्रो भएका छन् ।

मिस युनिभर्सको फाइनलमा सोधिएको अन्तिम प्रश्न थियो, ‘यदि तपाईँ एक वर्ष अर्को कुनै महिलाको रूपमा बाँच्न सक्नुहुन्छ भने कसलाई र किन रोज्नुहुन्छ ?’

अष्ट्रेलियाकी सुन्दरीले आफ्नी आमाको भूमिकामा बाँच्न चाहने बताइन् । मिस थाल्ल्यान्डले मलाला युसफजाइको नाम लिइन् । मिस निकारागुवाको जवाफ भने फरक अनपेक्षित जवाफ दिएकी थिइन् । उनले मेरी वलस्टोनक्र्याफ्टको नाम लिइन्, जो महिला अधिकार अभियन्ता र महिलावादकी प्रणेता हुन् । सोही जवाफले उनलाई मिस युनिभर्सको ताज दिलायो । २३ वर्षीया पलासियोसले आमसञ्चारमा स्नातक गरेकी छन् र टेलिभिजन होस्टका रूपमा कार्यरत छिन् ।

नेपालकी ग्यारेटले पहिलो ‘प्लस साइज मोडल’ का रूपमा मिस युनिभर्समा निकै चर्चा पाएकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनलाई व्यापक हाइलाइट गरेका थिए । तर, उनले अपेक्षित सफलता पाउन सकिनन् ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।