काठमाडौं ।।
कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र त्यहाँका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीज अल खुलाईफीबीच आइतबार भेटवार्ता भएको छ । भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको छिट्टै रिहाइका निम्ति कतारलाई सहजीकरण गर्न अनुरोध दोहोर्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा विदेश राज्यमन्त्रीले नेपाली नागरिक जोशीको रिहाइका निम्ति कतार सरकारले प्रयास जारी राखेको जानकारी गराएका थिए ।