May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

१८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी”

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १६:३१
१८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी”
  • १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ
  • कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभाग पठाइयो 
  • १७ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएका उनी प्रहरीको फन्दामा 

काठमाडौं ।।

दक्षिण अफ्रिका पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-४ का १८ वर्षीय अन्जेश गिरी छन् । गएको शुक्रबार दिउँसो उनलाई काठमाडौं महानगरपालिका–९, सिनामंगलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । अन्जेश काठमाडौं – ७, गौरीघाटमा बस्दै आएका थिए ।

थप अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ । उनले विजय खत्री समेत दुईजनालाई वैदेशिक रोजगारीका निम्ति दक्षिण अफ्रिका पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रतिव्यक्ति आठ लाख ५० हजार रुपैयाँ लाग्ने उनको भनाइ थियो ।

दक्षिण अफ्रिकामा प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख २० हजार रुपैयाँ तलब हुने भन्दै उनले प्रलोभनमा पारेको प्रहरीले जनाएको छ । ‘पीडित’बाट पटक-पटक गरी १७ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भई उनले ठगी गरेको एसपी रेग्मीले जानकारी गराएका छन् ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट