July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

रायमाझीको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन एमालेको माग

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० ११:५१
रायमाझीको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ ।

एमाले अध्यक्ष र सचिव टोपबहादुर रायमाझीको सम्बन्धका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेका राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले आपत्ति जनाएका हुन् ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई अध्यक्ष ओलीसँग जोडेर आइतबारको राष्ट्रिय सभा बैठकमा रमेशजंगले आपत्तिजनक टिप्पणी गरेका थिए ।

आजको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य श्रेष्ठले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । ‘‘भन्ने शब्द हटाइयोस् ।’
एमालेले पार्टी गतरुपमै विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उक्त अभिव्यक्ति पुनः सुन्ने र नियमावली अनुसार हटाउनुपर्ने सोही अनुसार निर्णय लिने आश्वास दिए ।

‘दोहोर्याएर सुन्नेछु र नियमावली अनुसार हटाउन पर्ने रहेछ भने आवश्यक निर्णय गर्नेछु’ अध्यक्ष तिमिल्सनाले भनेका छन् । अध्यक्ष तिमिल्सनाको आश्वासनपछि सभाको कामकारबाही अगाडि बढेको छ ।

राष्ट्रिय सभाको बैठकमा सोमबार प्रि–बजेट छलफल गर्ने कार्यसूची छ । आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महतले आइतबारको बैठकमा आर्थिक वर्ष २०८०-८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । आइतबारदेखि सोमबार, मंगलबार र बुधबारसम्म संसदमा प्रि–बजेट छलफल गर्ने तय भएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० ११:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्