sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आज विवाहपञ्चमीको फूलबारी लिला मनाइँदै

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १0:२६
आज विवाहपञ्चमीको फूलबारी लिला मनाइँदै
  • विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
  • घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती
  • महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट जन्ती आउने प्रचलन

जनकपुरधाम ।।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा सिंगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ । त्रेता युगमा गुरु विश्वामित्र सहित मिथिलाको राजधानी जनकपुरधाममा राजा जनकले आयोजना गरेको धनुष यज्ञमा अयोध्याबाट भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ ।

जहाँ राम र सीता एकअर्काप्रति आकर्षित भएको र सीताले आफूलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन् । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन बुधबार राम र लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो ।

त्रेता युगमा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाह भएको दिनको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसँग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर २६ गतेबाट सुरु भएको विवाहपञ्चमी पुस २ गतेसम्म चल्ने छ । भोलि बिहीबार धनुष यज्ञ, मंसिर २९ गते तिल्कोत्सव, मंसिर ३० गते राम र जानकीको मटकोर तथा पुस १ गते विवाहपञ्चमीको मुख्य दिन रहेको छ ।

पुस २ गते रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट जन्ती आउने प्रचलन छ । उनीहरुलाई विशेष सम्मानका साथ खानपिन गराउने र दक्षिण दिएर विदाइ गर्ने गरिन्छ ।

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid