sweet bonanza
June 21, 2026 | आइतवार, असार ८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यसरी नेपाल झन् झन् गरिब र कमजोर बन्यो : देशभक्त रन्जु काफ्ले

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १६:५६
यसरी नेपाल झन् झन् गरिब र कमजोर बन्यो : देशभक्त रन्जु काफ्ले
  • देशको शिक्षा क्षेत्र 
  • राजनैतिक अवस्था 
  • राम्रो मान्छे नचिन्नुको दुर्दशा 
  • विदेश जाने रहरले हैन बाध्यताले…

नेपालको मेडिकल एजुकेसन मात्र होईन नेपालको अनगिन्ती स्कुल कलेजको शिक्षामा पुनः बिचार गर्नुपर्ने अवस्था छ!नेपालको हरेक क्षेत्र ध्वस्त पार्ने पहिलो खुड्किलो नै शिक्षा क्षेत्र हो! बिदेशी पाठ्यक्रम अनुसारको शिक्षाले नेपाली माटोको महत्त्व ओझेलमा पारेको छ ! शिक्षा लाई ब्यापार बनाइँदा नेपाली भाबी पुस्ताको नेपाल प्रतिको दृष्टिकोण फेरिएको छ!बोली नफुटेका नेपाल आमाका सन्तानलाई मन्टेश्वरीमा बिदेशी भाषा पढाउँदा बाबाआमाले आफ्नो अस्तित्व गुमाएका छन् भने छोराछोरीलाई बिदेशी भाषा पढाएर त्यो बालमस्तिस्कमा अर्काको भाषा हाल्दिदा नेपाली दंग छन् !

सिमित ब्यक्ति धनी भएका छन् भने केहिले रोजगार पाएका छन् ! नेपाल सरकारले शिक्षाको ब्यापार गरेर अन्तर्राष्ट्रिय बेइज्जत गरेको छ ! डा.गोबिन्द केसिले शिक्षामा सबैको बराबर पहुँच हुनुपर्छ ! ईमानदार मेहेनती,गरिबका छोराछोरी ले डाक्टर पाइलट इन्जिनियर बन्न पाउनुपर्छ भनेर माग राख्नु गलत हो ? दुई नम्बरी काम गरेर,नेपाल आमाको इज्जत बेच्न गरिबले सक्छ ? पैसा ,पावर र पहुँचको आधारमा विद्यार्थी छनोट हुनु,पैसाले सर्टिफिकेट किनेर नेपालका हरेक क्षेत्रमा दादागिरी देखाउने माफियागिरी अन्त्य हुनुपर्छ कि पर्दैन ? मिहिनेत गरेर पढ्ने एउटा गरिब किसानको छोरो र कोटा र आरक्षणको आधारमा पड्दै नपढी सेलेक्ट हुने दलित जनजाति कसरी समान हुन्छन ?

कस्तो प्रणाली हो नेपालको ? मनपरि शिक्षा भित्र्याएर मनपरि नीति,नियम ,कानुन बनाएर गरिब मार्न पाइन्छ ? प्राइभेट स्कुल ,कलेज अस्पताल ,मेडिकल सबै सरकारी करण हुनुपर्छ ! शिक्षा र स्वास्थ पुर्ण निशुल्क हुनुपर्छ ! काम गर्छु भन्ने १६ बर्ष ८० बर्ष सम्मको नागरिक लाई उसको योग्यता र क्षमता अनुसारको काम दिने क्षमता सरकारसँग हुनुपर्छ ! कसैलाई मस्ती,कसैलाई सास्ती कस्तो लोकतन्त्र हो यो ? एउटै ब्यक्ति को सयौं ठाउँमा लगानी र उसकै राजनीति पहुँच भएपछि नेपालको हालत दिनप्रतिदिन कहालीलाग्दो हुँदैछ ! डा. केसि को लडाइँ सरकारसँग सबै नेपालीलाई बराबर शिक्षा स्वास्थ्यको पहुँच हुनुपर्छ भन्ने हो ! के यो गलत हो ? हिजो १० बर्षे जनआन्दोलन १७००० को मृत्यु अनगिन्ती घाइते अपांग ,अनगिन्ती बेपत्ता !आज सत्तामा ठाँट यसकै लागि रहेछ भन्न पाइन्छ कि पाइँदैन ?

हिजो प्रण्चडको नातिनिको बिहेको झलक ,नाति पढ्ने स्कुल ,उसका साखा सन्तानको पद,पहुँच यसैको लागि थियो त्यो कहालीलाग्दो द्वन्द्व ? के पाए जनताले ? के के गुमायो देशले ? अझै सादा जीवन उच्च बिचार बोकेर देशको लागि जोगि बनेर हिँडेका डा.गोबिन्द केसि लाई दोषी देख्ने ती नक्कली आँखा लाई केही भन्नू छैन !अन्तर आत्मालाई साक्षी राखेर मनन गरौँ नेपालमा ६५ साल अघि र अहिले गरिब र धनी बिचको खाडल झन गहिरो भएको छ ! हिजो पन्चायत कालमा खान नपाउँदा साहुको घरमा काम गरेर खान पाइन्थ्यो तर अहिले बैंक बाट ऋण लिएर काम गर्दा ब्याज तिर्न नसकेर घर खेतबारी लिलाम भएको छ किन ? छोराछोरी बिदेश पठाउन लिएको ऋण नतिर्दा यहाँ घरखेत लिलाम उता छोराछोरीको जिन्दगी बर्बाद !लास रातो बाकसमा आउने हो कि ?

बाबाआमा मर्दा पनि छोराछोरी नफर्किने गरि विदेश पलायन हुने अवस्था कसरी सृजना भो ? आज गोबिन्द केसिलाई बौलाहा कसले बनायो ? पागलको संज्ञा कसले किन दिदैछन् ? कसको लागि मर्दैछन डा . गोबिन्द के सि ? अनशन के को लागि ? किन रुन्छ्न के सि ? छोराछोरी पढाउन नसकेर कि ? श्रीमती छोराछोरी पाल्न नसकेर ? ती भुइँ मान्छेको आवाज हुन् डा. गोबिन्द केसी ! जसलाई गरिब रुँदा पिडाको महशुस हुन्छ ! महलमा बस्नेलाई के थाहा झुपडीमा बस्नेको कथा र ब्यथा ? हिजो झुपडी बाट आज महलमा पुगेका अनगिन्ती रक्तपिपासुहरुले आफ्नो असलियत र हैसियत बिर्सेपछी, खोली तरेपछी फालिएको लौरो बुढेसकालमा आँखा नदेख्दा,खुट्टा नटेकिँदा सहारा बन्छ भनेर नसोचेपछी आएको परिणामले नेपाल लाई झन् झन् गरिब र कमजोर बनायो !

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १६:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid