April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने

यसरी नेपाल झन् झन् गरिब र कमजोर बन्यो : देशभक्त रन्जु काफ्ले

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १६:५६
यसरी नेपाल झन् झन् गरिब र कमजोर बन्यो : देशभक्त रन्जु काफ्ले
  • देशको शिक्षा क्षेत्र 
  • राजनैतिक अवस्था 
  • राम्रो मान्छे नचिन्नुको दुर्दशा 
  • विदेश जाने रहरले हैन बाध्यताले…

नेपालको मेडिकल एजुकेसन मात्र होईन नेपालको अनगिन्ती स्कुल कलेजको शिक्षामा पुनः बिचार गर्नुपर्ने अवस्था छ!नेपालको हरेक क्षेत्र ध्वस्त पार्ने पहिलो खुड्किलो नै शिक्षा क्षेत्र हो! बिदेशी पाठ्यक्रम अनुसारको शिक्षाले नेपाली माटोको महत्त्व ओझेलमा पारेको छ ! शिक्षा लाई ब्यापार बनाइँदा नेपाली भाबी पुस्ताको नेपाल प्रतिको दृष्टिकोण फेरिएको छ!बोली नफुटेका नेपाल आमाका सन्तानलाई मन्टेश्वरीमा बिदेशी भाषा पढाउँदा बाबाआमाले आफ्नो अस्तित्व गुमाएका छन् भने छोराछोरीलाई बिदेशी भाषा पढाएर त्यो बालमस्तिस्कमा अर्काको भाषा हाल्दिदा नेपाली दंग छन् !

सिमित ब्यक्ति धनी भएका छन् भने केहिले रोजगार पाएका छन् ! नेपाल सरकारले शिक्षाको ब्यापार गरेर अन्तर्राष्ट्रिय बेइज्जत गरेको छ ! डा.गोबिन्द केसिले शिक्षामा सबैको बराबर पहुँच हुनुपर्छ ! ईमानदार मेहेनती,गरिबका छोराछोरी ले डाक्टर पाइलट इन्जिनियर बन्न पाउनुपर्छ भनेर माग राख्नु गलत हो ? दुई नम्बरी काम गरेर,नेपाल आमाको इज्जत बेच्न गरिबले सक्छ ? पैसा ,पावर र पहुँचको आधारमा विद्यार्थी छनोट हुनु,पैसाले सर्टिफिकेट किनेर नेपालका हरेक क्षेत्रमा दादागिरी देखाउने माफियागिरी अन्त्य हुनुपर्छ कि पर्दैन ? मिहिनेत गरेर पढ्ने एउटा गरिब किसानको छोरो र कोटा र आरक्षणको आधारमा पड्दै नपढी सेलेक्ट हुने दलित जनजाति कसरी समान हुन्छन ?

कस्तो प्रणाली हो नेपालको ? मनपरि शिक्षा भित्र्याएर मनपरि नीति,नियम ,कानुन बनाएर गरिब मार्न पाइन्छ ? प्राइभेट स्कुल ,कलेज अस्पताल ,मेडिकल सबै सरकारी करण हुनुपर्छ ! शिक्षा र स्वास्थ पुर्ण निशुल्क हुनुपर्छ ! काम गर्छु भन्ने १६ बर्ष ८० बर्ष सम्मको नागरिक लाई उसको योग्यता र क्षमता अनुसारको काम दिने क्षमता सरकारसँग हुनुपर्छ ! कसैलाई मस्ती,कसैलाई सास्ती कस्तो लोकतन्त्र हो यो ? एउटै ब्यक्ति को सयौं ठाउँमा लगानी र उसकै राजनीति पहुँच भएपछि नेपालको हालत दिनप्रतिदिन कहालीलाग्दो हुँदैछ ! डा. केसि को लडाइँ सरकारसँग सबै नेपालीलाई बराबर शिक्षा स्वास्थ्यको पहुँच हुनुपर्छ भन्ने हो ! के यो गलत हो ? हिजो १० बर्षे जनआन्दोलन १७००० को मृत्यु अनगिन्ती घाइते अपांग ,अनगिन्ती बेपत्ता !आज सत्तामा ठाँट यसकै लागि रहेछ भन्न पाइन्छ कि पाइँदैन ?

हिजो प्रण्चडको नातिनिको बिहेको झलक ,नाति पढ्ने स्कुल ,उसका साखा सन्तानको पद,पहुँच यसैको लागि थियो त्यो कहालीलाग्दो द्वन्द्व ? के पाए जनताले ? के के गुमायो देशले ? अझै सादा जीवन उच्च बिचार बोकेर देशको लागि जोगि बनेर हिँडेका डा.गोबिन्द केसि लाई दोषी देख्ने ती नक्कली आँखा लाई केही भन्नू छैन !अन्तर आत्मालाई साक्षी राखेर मनन गरौँ नेपालमा ६५ साल अघि र अहिले गरिब र धनी बिचको खाडल झन गहिरो भएको छ ! हिजो पन्चायत कालमा खान नपाउँदा साहुको घरमा काम गरेर खान पाइन्थ्यो तर अहिले बैंक बाट ऋण लिएर काम गर्दा ब्याज तिर्न नसकेर घर खेतबारी लिलाम भएको छ किन ? छोराछोरी बिदेश पठाउन लिएको ऋण नतिर्दा यहाँ घरखेत लिलाम उता छोराछोरीको जिन्दगी बर्बाद !लास रातो बाकसमा आउने हो कि ?

बाबाआमा मर्दा पनि छोराछोरी नफर्किने गरि विदेश पलायन हुने अवस्था कसरी सृजना भो ? आज गोबिन्द केसिलाई बौलाहा कसले बनायो ? पागलको संज्ञा कसले किन दिदैछन् ? कसको लागि मर्दैछन डा . गोबिन्द के सि ? अनशन के को लागि ? किन रुन्छ्न के सि ? छोराछोरी पढाउन नसकेर कि ? श्रीमती छोराछोरी पाल्न नसकेर ? ती भुइँ मान्छेको आवाज हुन् डा. गोबिन्द केसी ! जसलाई गरिब रुँदा पिडाको महशुस हुन्छ ! महलमा बस्नेलाई के थाहा झुपडीमा बस्नेको कथा र ब्यथा ? हिजो झुपडी बाट आज महलमा पुगेका अनगिन्ती रक्तपिपासुहरुले आफ्नो असलियत र हैसियत बिर्सेपछी, खोली तरेपछी फालिएको लौरो बुढेसकालमा आँखा नदेख्दा,खुट्टा नटेकिँदा सहारा बन्छ भनेर नसोचेपछी आएको परिणामले नेपाल लाई झन् झन् गरिब र कमजोर बनायो !

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १६:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।