November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

घरजग्गा र सेयरको कारोबार बढ्न थाल्यो : अर्थमन्त्री महत

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १४:0८
घरजग्गा र सेयरको कारोबार बढ्न थाल्यो : अर्थमन्त्री महत
  • सेयर बजार र घरजग्गाको कारोबार बढ्यो 
  • हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत
  • निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकम व्यवस्थापन 

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार र घरजग्गाको कारोबार बढेको र अब अर्थतन्त्र सकारात्मक दिशामा जाने बताएका छन् । बुधबार अर्थमन्त्रालयमामा आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे बोल्दै अर्थमन्त्री महतले सेयर बजार र घरजग्गाको कारोबार बढेको बताएका हुन् । उनले मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः  आर्थिक क्रियाकलापमा देखिन थालेको बताए ।

अर्थमन्त्री महतले भने, “घरजग्गा र सेयर कारोबार बढ्न सुरु भएको छ । हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ ।” समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनर्संरचना गर्ने अवधि २०८० को चैतसम्म दिइएको र यसले व्यवसायीलाई राहत दिने उनको भनाइ छ । सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको अर्थमन्त्री महतले बताएका छन् ।

 

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्