April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ?

राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १७:१0
राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डाै – वनको काठ बिक्रीमा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्रपाका लुम्बिनी प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कपिलवस्तुको गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समितिको आठ सय एक वटा रुख काट्दा ३५ हजार सात सय ७८ दशमलव १० क्युफिट काठ र ४९ दशमलव २३ चट्टा दाउरा सङ्कलन हुनुपर्नेमा त्योभन्दा कम देखाएर भ्रष्टाचार गरेको भन्दै १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रदेश सांसद यादवसहित तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रह्मदेव महतो, रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशङ्कर प्रसादविरुद्ध मुद्दा दर्ता गरेको छ । यस्तै सहायक वन अधिकृत टोलकराज चापागाईँ, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारु, तत्कालीन सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुत, फरेस्टर रामरक्षा कुर्मी, वन रक्षक सन्जय थारु, वन रक्षक सन्जय केवट, वन रक्षक रामगोपाल त्रिपाठी, फरेस्टर रमतु चौधरी र वन रक्षक वासुदेव गोडियाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरु सबैलाई प्रतिव्यक्ति २९ लाख १२ हजार रुपैयाँभन्दा धेरैका दरले बिगो माग गरिएको छ ।

यस्तै गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरेसँग नाै लाख ३९ हजार र ए आर काठ दाउरा खरिद बिक्री सेन्टरका प्रोपाइटर गीता जिसीविरुद्ध १९ लाख ७३ हजार रुपैयाँभन्दा धेरै बिगो माग गर्दै मुद्दा दायर भएकाे छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १७:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।