May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

हामीबीच मतभेद केहि छैन हल्लाको पछि नलाग्न डा. शेखर कोइरालाको आग्रह

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १५:४२
हामीबीच मतभेद केहि छैन हल्लाको पछि नलाग्न डा. शेखर कोइरालाको आग्रह
  • १४औँ महाधिवेशनको टिममा कुनै मतान्तर छैन 
  • मतभेद देखाउने प्रयासका पछि नलाग्न आग्रह
  • शेखरलाई कारबाही गर्नुपर्नेसम्मको विषय उठाएको भन्दै चर्चा

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औँ महाधिवेशनको टिममा कुनै मतान्तर नरहेको बताएका छन् ।आफू पक्षीय भेला राखेका डा. कोइरालाले महामन्त्री गगन थापा र आफूबीच मतभेद रहेको भन्ने हल्लाको पछि नलाग्न कार्यकर्तालाई सुझाव दिएको भेलामा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार बैठकको सुरुवातमै बोलेका डा. कोइरालाले गगन र आफूबीच मतभेद देखाउने प्रयासका पछि नलाग्न आग्रह समेत गरेका छन् ।

“शेखर दाइले हामीबीच कुनै मतान्तर छैन भन्नुभयो,” ती नेताले भने, “हामीबीचको कुरालाई लिएर बाहिर जथाभावी नबोल्न पनि भन्नुभएको छ ।” कोसी प्रदेशमा शेखर निकट केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि कांग्रेसमा सिंगो पार्टी एकातिर शेखर कोइराला अर्कोतिरको अवस्था बनेको थियो । नेपाली कांग्रेसका ९ सांसदको समूहलाई एमालेले समर्थन दिएपछि कार्कीको नेतृत्वमा सरकार बनेको हो ।

त्यसलाई लिएर महामन्त्रीद्वयले शेखरलाई कारबाही गर्नुपर्नेसम्मको विषय उठाएको भन्दै चर्चा भएको थियो । सार्वजनिक रूपमा पनि महामन्त्रीद्वयले अनुशासनको प्रश्न उठाएका थिए । त्यसयता शेखर र गगनबीच भेटवार्ता र छलफल समेत भएको थिएन । सुरुमा शेखर कोइरालाले मंगलबारका लागि बैठक डाक्दा गगनलाई खबर नै नगरिएको गगन निकटहरूले बताएका थिए । तर, शेखरले गगनको समय लिएर नै एक दिनपछि बैठक डाकेका हुन् ।

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।