May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

अध्यागमन अधिकृतदेखि प्रहरीले नै नक्कली कागजपत्र बनाएर विदेश पठाएको पाइयो

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १६:0४
अध्यागमन अधिकृतदेखि प्रहरीले नै नक्कली कागजपत्र बनाएर विदेश पठाएको पाइयो
  • भिजिट भिसा’ मा विदेश पठाउने गिरोह पक्राउ
  • १९ गतेदेखि हालसम्म सो प्रकरणका ३२ जना पक्राउ
  • आठजना धरौटीमा छुटिसकेको जानकारी

काठमाडौं ।।

प्रहरीले नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’मा विदेश पठाउने गिरोहलाई पक्राउ गरेको छ । विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । बुधबार पत्रकार सम्मेलन गरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म सो प्रकरणका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

उनका अनुसार नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश जाने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी एकजना, पूर्वप्रहरी एकजना, एयरलाइन्सका दुईजना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरू ११ जना रहेका छन् । ९ जनाको संगठित अपराधमा अनुसन्धान भइरहेको र लिखतसम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको जानकारी दिए । आठजना धरौटीमा छुटिसकेको जानकारी दिँदै उनले आजमात्रै थप तीनजनालाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीका अनुसार पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् ।

त्यस्तै, एडभान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका छन् । अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरवीन यादव र होम पोखरेल समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । कागजात मिलाएबापत ट्राभल्स कम्पनीहरूले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेको खुलेको छ । अध्यागमन विभागका कर्मचारीहरूले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका) हरूको हकमा भने ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।