sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इञ्जिनियरिङ कलेजमा सिट खाली भन्ने हल्ला मात्र हो : आईओई

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १६:२५
इञ्जिनियरिङ कलेजमा सिट खाली भन्ने हल्ला मात्र हो : आईओई
  • इञ्जिनियरिङ कलेजमा सिट खाली भन्ने हल्ला मात्र 
  • अहिले तेस्रो भर्ना सूची सार्वजनिक
  • थप भर्ना सूची सार्वजनिक हुँदासम्म सबै सिट भरिने

काठमाडौं ।।

सामाजिक सञ्जालमा त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका कलेजमा सिट खाली रहेको भन्ने तथ्यांक सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ । आईओईको प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डा. सुशीलबहादुर बज्राचार्यले यो तथ्यांक गलत भएको बताएका छन् । अहिले तेस्रो भर्ना सूची सार्वजनिक भएको र यसपछिका चौथो, पाँचौंलगायत थप भर्ना सूची सार्वजनिक हुँदासम्म सबै सिट भरिने  उनले बताएका छन् ।

आईओई अन्र्तगत पुल्चोकसहित पाँचवटा आंगिक क्याम्पस र दशवटा सम्बन्धन प्राप्त कलेज रहेका छन् । यी कलेजमा चार हजार ३४४ सिट संख्या छ । तेस्रो भर्ना सूची सार्वजनिक भइसक्दा १५ वटा कलेजमा एक हजार ५१५ सिट मात्रै खाली छ । मसिंर २४ गते तेस्रो भर्ना सूचि सार्वजनिक गरिएको र अझै थप भर्ना सूची सार्वजनिक हुँदा यी सबै सिट भरिने अध्यक्ष प्रा.डा. बज्राचार्यले बताए ।

पुलचोक क्याम्पसमा ३० सिट मात्रै बाँकी छ । विद्यार्थी सुरुमा आंगिक क्याम्पसमा आउने र त्यहाँ भरिसकेपछि अन्य सम्बन्धन प्राप्त कलेजमा जाने हुँदा अन्त केही सिट खाली देखिएको उनको भनाइ छ । बोल्दै प्रा.डा. बज्राचार्यले भने, “त्यो डेटा फेक हो । तेस्रो सूची सार्वजनिक हुँदासम्म विद्यार्थी आंगिक क्याम्पसमा भर्ना हुन खोज्छन् । यहाँ पाइएन भने मात्रै सम्बन्धन प्राप्त कलेजमा जाने हो । यहाँ (आंगिकमा) चार लाख ७५ हजार मात्रै शुल्क तिर्नुपर्छ निजी कलेजमा १५ लाखसम्म कसले तिर्छ ?”

उनले एकदुईवटा कलेजमा विद्यार्थीको रोजाइको विषय पढाइ नहुने भएका कारण कम विद्यार्थी भर्ना हुनसक्ने बताए ।उनले विद्यार्थी बाहिरिइरहेको सन्दर्भमा भनेका छन्, “देशको कारणले को कता गयो हामी भन्न सक्दैनौं । पुलचोक क्याम्पसमा पनि विद्यार्थी भरिन्छन्, आंगिक क्याम्पस पनि भरिन्छन् र सम्बन्धन प्राप्त कलेज पनि भोलिदेखि भरिन्छन् ।”
हाल त्रिविबाहेक अन्य विश्वविद्यालयका समेत गरेर देशभरमा ५३ इञ्जिनियरिङ कलेज छन् । सबै कलेजमा गरेर कुल ११ हजार ५०० जति सिट छन् ।

पछिल्ला वर्षमा इञ्जिनियरिङ पढ्न खोज्ने विद्यार्थीको संख्या करिब दश हजारको हारहारीमा छ । ती विद्यार्थी पाएसम्म पुलचोकमा पढ्छन् । त्यहाँ नपाएमा मात्रै अन्त पढ्न जाने प्रा.डा. बज्राचार्यको भनाइ छ । आईओईमा विद्यार्थीको समस्या नभएको बताउँदै प्रा.डा. बज्राचार्यले भने, “यो समस्या आईओई, त्रिभुवन विश्वविद्यालयलाई हैन । अहिले च्याउ जसरी उम्रिएका अरु विश्वविद्यालय, अरु कलेजलाई होला । भर्खर खुलेका क्याम्पस, विश्वविद्यालयलाई विद्यार्थीले पत्याएका छैनन् ।” आईओई अन्तर्गत १५ इञ्जिनियरिङ कलेजमा कुन संकायमा कति विद्यार्थी भर्ना भए र कति सिट खाली छन् भन्ने तथ्यांक एडमिसनडट आईओईडटईडीयूडटएनएपीबाट मा हेर्न सकिन्छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid