April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ? गुणस्तरहिन चाउचाउ भेटिएपछि २ लाख जरिवाना आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

तनहुँमा कांग्रेस नेताहरुको लर्को

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १४:४0
तनहुँमा कांग्रेस नेताहरुको लर्को

काठमाडौं । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईको पक्षमा मत माग्न कांग्रेस नेताहरुको तनहुँमा लर्को लागेको छ ।

शीर्ष तहका नेता, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका नेताहरु प्रचार प्रसारका लागि तनहुँ १ मा पुगेका छन् । वैशाख १० मा हुने उपनिर्वाचनमा प्रचारलाई प्रभावकारी बनाउन नेताहरु तनहुँ १ मा खटिएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चुनावी सभाका लागि दमौली पुग्दैछन् । मंगलबार दमौलीमा सत्ता गठबन्धनले चुनावी सभा गर्दैछ ।

महामन्त्रीद्वय थापा र शर्मा एकपटक चुनावी कार्यक्रमका लागि तनहुँ पुगेर फर्किएका हुन् । उम्मेदवारी दर्ताको दिन थापा पुगेका थिए भने अघिल्लो साता शर्मा दुई दिन तनहुँमा बसेर फर्केका हुन् । सहमहामन्त्री बद्री पाण्डे पनि चुनावी प्रचारका लागि तनहुँका चुनावी प्रचारमा खटिएर काठमाडौं फर्केका छन् ।

संस्थापनइतरका नेता डा. शेखर कोइराला व्यास नगरपालिकाका घरदैलो प्रचारमा व्यस्त छन् । कोइरालासँगै केन्द्रीय सदस्य सञ्जय गौतम पनि प्रचारमा छन् । नेता प्रदीप पौडेल चुनावी प्रचारकै लागि सोमबार तनहुँ लागेका छन् । गत साता भट्टराईको प्रचारका लागि घरदैलो गरेर काठमाडौं फर्केका पौडल पुन तनहुँतिर लागेका छन् ।

उपसभापति धनराज गुरुङ र नेता डा. मिनेन्द्र रिजाल वैशाख २ मा भएको अन्तक्रियाका लागि तनहुँ पुगेका थिए । ‘तनहुँको समग्र विकास र आसन्न उपनिर्वाचन विषयक अन्तक्रियाका उपसभापति गुरुङ, नेता रिजाल लगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले पनि सहभागी भएका थिए ।

केन्द्रीय सदस्य नैनसिंह महर चुनावमा खटिनका लागि चितवन २ सकेर तनहुँ १ मा सोमबार जाँदैछन् । केन्द्रीय उर्मिला थपलिया क्षेत्रका कार्यक्रमका लागि तनहुँ पुगेकी छन् ।

पार्टीले केन्द्रीय नेतासहित भ्रातृ संस्थाका पूर्व नेताहरुलाई तनहुँ १ मा सक्रिय हुन निर्देशन दिएको छ । पार्टीले वडा वडाको जिम्मेवारी दिएर भ्रातृ संस्थाका पूर्व नेताहरुलाई खटाएको छ । तरुण दलका पूर्व महासचिव भूपेन्द्रजंग शाही, नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्ण, नेविसंघका पूर्व नेताहरु मनोजमणि आचार्य, युवराज पाण्डे लगायत क्षेत्रमा मतदाताकहाँ पुगिरहेका छन् ।

कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह र गोपालमान श्रेष्ठ तथा युवा नेता कुन्दनराज काफ्ले पनि तनहुँमा पुगेर भट्टराईको पक्षमा भोट मागेका छन् ।

मतदाताको घरदैलोमा पुग्ने र पार्टीको आन्तरिक छलफल लगायतका कार्य भइरहेको तरुण दलका पूर्व महासचिव शाहीले जानकारी दिए ।

वैशाख २ गतेबाट केन्द्रबाट ठूलो संख्यामा नेता कार्यकर्तालाई क्षेत्रमा परिचालित गरिएको छ । सामाजिक सञ्जालको प्रचारलाई व्यापक बनाउन छुट्टै टीम केन्द्रबाट पठाइएको छ । कांग्रेसले चुनावी परिचालनको नेतृत्व केन्द्रीय सदस्य शंकर भण्डारीलाई सुम्पिएको छ ।

गत निर्वाचनमा कांग्रेसले जितेको यस क्षेत्रमा नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् । सत्ताघटकका माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेस उम्मेदवार भट्टराईलाई सघाएका छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १४:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट