sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संसद्को प्रभावकारिता उसको क्षमता र सक्रियतामा निहित हुन्छ : सभामुख

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १0:५८
संसद्को प्रभावकारिता उसको क्षमता र सक्रियतामा निहित हुन्छ  : सभामुख
  • कर्मचारीको क्षमता र सक्रियतामा संसद्को प्रभावकारिता निहित हुने
  • विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुग्ने 
  • प्रत्येक वर्ष मंसिर २८ गते संसद् सेवा दिवस मनाउने

काठमाडौं ।।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन् । संघीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु संघीय संसद् सचिवालयको कार्य भएको उल्लेख गरे । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको उनको भनाइ छ ।

सभामुख घिमिरेद्वारा जारी सन्देशमा भनिएको छ, “स्थायी सरकारको रुपमा रहेका कर्मचारी वर्गको वृत्ति विकास, विशेषज्ञता र मितव्ययी आचरण आजको दिनमा अपेक्षित छ ।” संसद् सेवाको स्वायत्तताबारे खासगरी कर्मचारी वृत्तमा नै बहस हुने गरेकोबारे आफू जानकार भएको र अलग्गै सेवा सोचविचार गरेर नै गठन गरेको उनले उल्लेख गरे ।

संसद्को महत्वपूर्ण काम सरकारको काम कारबाहीमाथि निगरानी गर्नु रहेको उल्लेख गर्दै सभामुख घिमिरेले सरकारको निगरानीको कामलाई प्रभावकारी कार्य सम्पादन गर्न, संसदीय क्षमता र सामर्थ्य विकास गर्न संसद् सेवालाई अलग गरिएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

नेपालको संविधानको धारा २०७ मा संघीय संसद्को काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने व्यवस्था छ । निजामति सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । विसं २०५८ मा स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid