May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

जानकी नेपालकी छोरी हुन् त्यसैले ‘आदिपुरुष’ फिल्म सच्याउनु पर्ने

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १0:३८
जानकी नेपालकी छोरी हुन् त्यसैले ‘आदिपुरुष’ फिल्म सच्याउनु पर्ने

काठमाडौं ।।

  • उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन्
  • क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् ।
  • सुरक्षा त्रासको कारण हलहरुले बिहानी शो रोकेका हुन्
  • मेयर शाहले फिल्ममा समावेश जानकी भारतकी छोरी हुन्
  • भन्ने विवादित अभिव्यक्तिलाई भारतमा समेत नसच्चाएसम्म फिल्म प्रदर्शन हुन नदिने
  • चलचित्र संघले बोलायो आकस्मिक बैठक

भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन् । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् ।

फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन दिएको छ । सुरक्षा त्रासको कारण हलहरुले बिहानी शो रोकेका हुन् ।

सोही निर्देशनको पालना गर्दै हलहरुले प्रदर्शन रोकेका हुन् । बिहानी शोमा विक्री भैसकेका टिकटको रकम फिर्ता गर्ने वा यदि चलेको खण्डमा अर्को शोमा मिलाउने ब्यवस्था हलहरुले गरेका छन् । चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार बिहीबार रातीसम्म १५ लाख रुपैयाँ (६ हजार टिकट) बराबरको आदिपुरुषको टिकट विक्री भैसकेको देखिएको छ ।

चलचित्र संघले बोलायो आकस्मिक बैठक

काठमाडौं महानगरका मेयर बालेन शाहको अभिव्यक्तिपछि उत्पन्न परिस्थितीलाई लिएर चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।

‘हिन्दी फिल्मलाई लिएर विगतमा भएका घटनालाई लिएर गम्भीर छौं । बालेनजीको भनाई र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुन्छ । बालेनजीले कुन सन्दर्भमा बोल्नुभएको हो, त्यो कुराको छलफल हुन्छ । उहाँले समय तोकेरै सबै हिन्दी फिल्म रोक्ने अभिव्यक्ति दिनुभएको छ । कसरी अघि बढ्ने निधो गर्छौं’ संघका एक सदस्यले भने ।

मेयर शाहले फिल्ममा समावेश जानकी भारतकी छोरी हुन् भन्ने विवादित अभिव्यक्तिलाई भारतमा समेत नसच्चाएसम्म काठमाडौं महानगरमा फिल्म प्रदर्शन हुन नदिने स्टाटस लेखेका थिए । उनले तीन दिनको डेट तोकेरै लेखेकाले चलचित्र संघले यसबारे बैठक बोलाएको हो । तर, नेपालको सेन्सर बोर्डले भने विवादित वाक्य हटाउँदै फिल्मलाई प्रदर्शनको अनुमति दिइसकेको छ ।

यसैबीच केही सांसद र दलको भातृ संगठनका नेताहरुले पनि फिल्मलाई लिएर विरोध जनाइरहेका छन् । फिल्म निकायका सबै संस्थाले पनि फेसबुकमा स्टाटस लेख्दै आपत्ति व्यक्त गरिरहेका छन् । केही भारतीय संचारमाध्यमले समेत यो प्रकरणलाई प्राथमिकता दिँदै समाचार प्रकाशन प्रसारण गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।