May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

संकल्पयात्राले जनतामा उत्साह छाएको छ : महासचिव पोखरेल

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:२४
संकल्पयात्राले जनतामा उत्साह छाएको छ : महासचिव पोखरेल
  • मेची-महाकाली संकल्पयात्राले जनतामा उत्साह थप्यो 
  • यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा जान तयार 
  • यात्रा ठिक समयमा लिएको ठिक निर्णय बन्यो 

काठमाडौं ।।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको मेची-महाकाली संकल्पयात्राले जनतामा उत्साह थपेको बताएका छन् । बिहीबार भोजपुरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको उचित निर्णय भन्ने पुष्टि भएको उनको भनाइ छ । उनले जनतामा निराशा पैदा गर्ने अवस्थामा यात्राले उत्साह थपेको जिकिर गरे ।

गठबन्धन सरकारको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार भइरहेको अवस्थालाई मध्यपहाडी यात्राले असफल बनाएको उनले बताए । आफूहरूको यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार गरेको उनले उल्लेख गरे ।“मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको ठिक निर्णय लिएको भन्ने पुष्टि भएको छ । जनतामा निराशा पैदा गर्ने जुन प्रयास भएको थियो, गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार गर्ने, समाजलाई अराजकतातिर लैजाने प्रयास भएको थियो,”

उनले भने, “यो यात्राले ती सबै प्रवृत्तिमाथि विजय हासिल गरेको छ । जनताको अजेय शक्तिलाई पुष्टि गरेको छ । नेकपा (एमाले) को यो यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार भएको छ ।” उनले पूर्वाधारको विकास र बसाइँसराइको प्रवृत्तिबारे पनि अध्ययन भइरहेको बताए । मध्यपहाडी क्षेत्र भविष्यको आधार भएको उनको भनाइ छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट