sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कांग्रेस नेता चौलागाईंविरुद्ध जाहेरी

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:५४
कांग्रेस नेता चौलागाईंविरुद्ध जाहेरी
  • भरतप्रसाद चौलागाईं विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी
  • ८० लाख रुपैयाँको चेक बाउन्स भइपछि थापा प्रहरीकहाँ पुगे
  • अर्को ३ करोड १२ लाखको चेकसमेत बाउन्स

काठमाडौं ।।

नेपाली कांग्रेस रामेछापका नेता भरतप्रसाद चौलागाईं विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी परेको छ । ललितपुर महालक्ष्मी नगरपालिका–८ का सानुभाई थापाले चौलागाईंविरुद्ध उजुरी दिएका हुन् । काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार चौलागाईं विरुद्ध बैंकिङ कुसर मुद्दामा जाहेरी परेको हो । चौलागाईंले थापालाई दिएको ८० लाख रुपैयाँको चेक बाउन्स भइपछि थापा प्रहरीकहाँ पुगेका हुन् ।

चौलागाईंले माछापुच्छ्रे बैंक लाजिम्पाट शाखामा रहेको खातामा रकम रहेको भन्दै चेक दिएका थिए । उक्त चेक असारमा साटिनुपर्ने भए पनि नसाटिएपछि अहिले प्रहरीकहाँ उजुरी परेको हो । तर, उक्त खातामा रकम नभएको भन्दै बैंकले फिर्ता गरेको थियो ।  पटक–पटक रकमबारे कुरा गर्दा पनि चौलागाईंले बैकमा रकम जम्मा नगरी ठग्न खोजेको भन्दै थापाले चेक बाउन्स गरेर प्रहरीमा जाहेरी दिएका हुन् । थापासँग चौलागाईंले जग्गा कारोबारको लागि तीन करोड ९२ लाख रुपैयाँ लिएको उजुरीमा उल्लेख छ । तर, रकम फिर्ता नभएको बताइएको छ ।

८० लाख बाहेक थापासँग चौलागाईंले दिएको अर्को ३ करोड १२ लाखको चेकसमेत बाउन्स भएको छ । चौलागाईंले आफूले थापालाई रकम तिर्न बाँकी रहेको स्वीकार गरे । उनले भने, “मेरो र थापाबीच आर्थिक कारोबार भएको हो । मैले उहाँलाई दिनुपर्ने छ । म दिन्छु  । मलाई प्रहरीले पनि जानकारी गराएका थिए । काठमाडौं बाहिर भएका कारण आउन सकेको छैन ।” रामेछाप सुनापाति गाउँपालिका-१ का चौलागाईं कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनी रामेछाप कांग्रेसमा सक्रिय छन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid