May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

सामाखुशीको बेपत्ता बालक खोजी र उनको परिवारलाई क्षतिपूर्ति दिइयोस् : सांसद पौडेल

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १३:३७
सामाखुशीको बेपत्ता बालक खोजी र उनको परिवारलाई क्षतिपूर्ति दिइयोस् : सांसद पौडेल
  • सांसद प्रदीप पौडेलले सामाखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरे
  • बाढीका कारण हरेक वर्ष मानवीय क्षती भइरहेको 
  • १३ वर्षका साजन मगर बाटोमा  हिड्दा हिड्दै साउन ७ गतेबाट बेपत्ता भए 

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं. ५ का सांसद प्रदीप पौडेलले सामाखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन् ।प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसद पौडेलले सामाखुशी क्षेत्रमा बाढीका कारण हरेक वर्ष मानवीय क्षती हुने गरेको भन्दै सरोकारवालाहरुलाहरुको ध्यानाकर्षण गराए ।

चक्रपथ विस्तारका क्रममा भइरहेको काम वर्षा लागेपछि रोकिँदा सामाखुशी क्षेत्र डुबानमा परेकाले तत्काल त्यहाँको ढल व्यवस्थापन गर्नुपर्नेमा पौडेलले जोड दिए । ढलको उचित व्यवस्थापन गरेर विष्णुमतिमा पानी पुर्याए सामाखुशी खोलामा जाने करिब ४० प्रतिशत पानी व्यवस्थापन हुने र त्यसले सो क्षेत्रलाई डुबानबाट बचाउन सहिने उनको भनाइ थियो ।

जेठ मसान्तअघि सो क्षेत्रमा ढल व्यवस्थापन गरि पानी विष्णुमतिमा  पुर्याउने काम भइरहे पनि असार पछि रोकिँदा समस्या आउने भन्दै आफूले ध्यानाकर्षण गराएको भए पनि त्यसतर्फ धयान नपुगेको उनले गुनासो गरे ।

बाटोनै खोलाजस्तो भएपछि १३ वर्षका साजन मगर बाटोमा  हिड्दा हिड्दै साउन ७ गतेबाट बेपत्ता भएको भन्दै सांसद पौडेलले बेपत्ता बालकको खोजी कार्यमा तिव्रता दिन पनि सरोकारवालाको ध्यानाकर्षण गराए ।

चक्रपथ विस्तारको योजना भौतिक योजना मन्त्रालयसँग जोडिएको भन्दै पौडेलले तत्काल सडकमा राखिएका ढल व्यवस्थापन गर्न माग गरे । ढल बग्ने गरि ‘खाल्डो खनेर ह्युम पाइप अस्थायी रुपमा राख्ने वयवस्थापन तत्काल गरियोस्,’ पौडेलले भने, ‘बेपत्ता बालकको खोजी र उनको परिवारलाई क्षतिपूर्ति दिइयोस् । म यहि अनुरोध गर्न चाहन्छु ।’

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट