sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दिन दिनै महिला र बालबालिका हराउने क्रम बढ्दै

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १३:५१
दिन दिनै महिला र बालबालिका हराउने क्रम बढ्दै
  • बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम बढ्दै
  • फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा
  • खोजीका लागि प्रहरी अग्रसर

लमजुङ ।।

लमजुङमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४४ महिला, बालबालिका र पुरुष हराएका छन् । हराउनेमा २१ महिला, एक बालक, सात बालिका, चार ज्येष्ठ नागरिक र ११ पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । उनका अनुसार हराएकामध्ये १७ महिला, एक बालक, ६ बालिका, तीन ज्येष्ठ नागरिक र तीन पुरुष फेला परेका छन् । अझै चार महिला, एक बालिका, एक ज्येष्ठ नागरिक, आठ पुरुष भेटिएका छैनन् । हराएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

आर्थिक वर्ष २०७९-८० मा महिला, बालबालिका, ज्येष्ठ नगारिक तथा पुरुष गरी ९८ जना हराएका थिए । हराउनेमा महिला ४८, पुरुष २४ बालक नौ, बालिका २१, ज्येष्ठ नगारिक पाँचजना हराएको प्रहरीले जनाएको छ । हराउनेमध्ये ४१ महिला, १८ पुरुष, नौ बालक, २१ बालिका र  चार ज्येष्ठ नागरिक र फेला परेका थिए । सात महिला, एक ज्येष्ठ नागरिक र ६ जना पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७८-७९ मा महिला, बालबालिका, ज्येष्ठ नागरिक र पुरुष गरी १२१ जना हराएका थिए । हराउनेमा ६२ महिला, पाँच बालक, २७ बालिका, एक ज्येष्ठ नागरिक र २६ पुरुष थिए । हराएकामध्ये ५५ महिला, पाँच बालक, २७ बालिका, एक ज्येष्ठ नागरिक र २१ पुरुष फेला परेका थिए । सात महिला, एक बालिका, पाँच पुरुषको खोजी भइरहेको जनाइएको थियो ।

आर्थिक वर्ष २०७७-७८ को साउनदेखि असारसम्ममा ९७ महिला, बालबालिका, पुरुष र ज्येष्ठ नागरिक हराएका थिए । हराएकामध्ये १४ महिला, दुई बालिका, एक ज्येष्ठ नागरिक र दुई पुरुष बेपत्ता थिए । महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको दुरुपयोग, गलत साथीको संगत, घरझगडा, प्रेममा धोकालगायत कारणले महिला तथा बालबालिका हराउने गरेको पाइएको छ । प्रहरीले खोजीका लागि अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १३:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid