May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

रास्वपाको संगठन ७४ नै जिल्लामा

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १0:१९
रास्वपाको संगठन ७४ नै जिल्लामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार गरेको छ । ७४ जिल्ला मध्य डोल्पा, हुम्ला र पश्चिम रुकुम गरी तीन जिल्लामा संगठन विस्तार हुन बाँकी रहेको रास्वपाले जनाएको छ ।

पार्टी संरचनालाई छिटो-छरितो बनाउने उद्देश्यले सानो आकारको समिति बनाउने गरिएको रास्वपाको दाबी छ । तीन तहको सरकार संरचनासँग मिल्ने गरी पालिका, प्रदेश र केन्द्र गरी मूल रूपमा तीनवटा पार्टी संरचना हुने रास्वपाले जनाएको छ ।

पालिका संरचना अन्तर्गत वडा समिति र प्रदेश अन्तर्गत जिल्ला एवं संघको निर्वाचन क्षेत्र समिति बनाउने गरिएको छ । पार्टी संरचनामा आधार तह वडा समिति रहेको छ भने केन्द्रीय समिति सबैभन्दा माथिल्लो संरचना छ ।

वडा र पालिकामा ११-११, संघीय निर्वाचन क्षेत्रमा ५, जिल्लामा २, प्रदेशमा ५०, केन्द्रमा १२१ जना सदस्य रहेको समिति हुने व्यवस्था छ । केन्द्रीय सदस्यमा हाल ३९ जना छन् । संघीय निर्वाचन क्षेत्र अनुसारको समिति बन्ने क्रममा छ । जिल्लामा संयोजक र सहसंयोजक मात्रै रहेको पार्टी संरचना बनाएको छ ।

‘प्रदेश समितिमा जिल्ला समितिको संयोजक र सहसंयोजक सदस्य हुने व्यवस्था छ’ सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटी भन्छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र समितिका लागि पाँच जनाको कार्यसमिति बनाउन हालसालै आवेदन आह्वान गरिएको छ । जेठको मध्यसम्म आवदेनको समय राखिएको छ । जेठ १६ देखि २० गतेसम्म प्रतिनिधिसभा क्षेत्रको समिति बनाउन आवेदकहरूको चुनाव हुँदैछ ।

प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमा बन्ने समितिका लागि हालसम्म ८०० हाराहारी आवेदन परेका छन् । उक्त समितिमा प्रदेश सभाबाट २÷२ जना अनिवार्य र थप १ गरी पाँच जना रहनेछन् ।

सबै तहका संरचनामा युवा ५१ र महिला ३३ प्रतिशत अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । संगठनको संरचना बनाउँदा सकेसम्म सर्वसम्मतको विधि अपनाइएको छ । ‘आकांक्षीहरू बीचमा सर्वसम्मत हुन सकेन भने निर्वाचनबाट नेतृत्व चयन गर्छौं’, बुर्लाकोटीले भने ।

पार्टी संरचना अनुसार कार्यालय स्थापना गर्ने पुराना दलहरूको प्रचलन छ । मूलतः कांग्रेस र एमालेका पार्टी कार्यालय भवन बढी देखिन्छन् । पुराना दलको प्रचलनलाई अनुसरण नगर्ने रास्वपाले जनाएको छ । ७४ जिल्लामा पार्टी संरचना बने पनि कार्यालय भने राखिएको छैन । ‘कार्यालय खोल्न हामीले जोड दिएका छैनौं ।

अरू अरू दलको कार्यालय भए पनि खुलेको खासै देखिन्न’ बुर्लाकोटी भन्छन्, ‘कार्यालय खोल्नैपर्ने जस्तो लागेको छैन ।’ सात प्रदेशमा भने कार्यालय खोलिएको बुर्लाकोटीले जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १0:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।