राम र जानकीको डोल निस्केपछि अवलोकन तथा दर्शन गर्न श्रद्धालुझजनहरुको घुइँचो लाग्ने गर्दछ । स्वयम्बर र बिवाह हेर्न श्रद्धालु भक्तजनले जनकपरधाम खचाखच भरिएको छ । अझ पनि श्रद्धालु भक्तजन आउने क्रम जारी रहेको छ ।सप्ताहाव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत हिजो पाँचौ दिन राम र जाजकीको मटकर सम्पन्न भएको थियो । त्यसअघि पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ ।
आज छैटौं दिन रामाजानकीको विवाह पश्चात भोलि सोमबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने छ । रामकलेवामा जन्तीका रुपमा आएका श्रद्धालु भक्तजनलाई मिष्टान मिथिला भोजन गराई दक्षिणा दिएर बिदाइ गर्ने प्रचलन छ । विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु भक्तजनहरु विभिन्न स्थानहरुमा हुने संस्कृतिक कार्यक्रममा सहभागी हुँदै रमाउने गर्दछन् ।
मिथिलाको लोप हुन लागेको कलासंस्कृतिहरुको झझल्को यस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाइन्छ । यसमा बालबालिकाहरुलाई, राम, सीता, लक्ष्मण बनाएर नाटक प्रदर्शन, नाचागान, भजनकीर्तन, झाँकी र भगवानको रुपमा पूजाआजा समेत गरिन्छ । यसलै श्रद्धालुहरुलाई निकै उत्साहित बनाउने गर्दछन् । यता विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा एक दिनको बिदा २०८० को क्यालेन्डरमा छुट्याएको छ ।