May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

आज धुमधामसँग ‘राम-सीता’को विवाह गरिंदै

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १0:२१
आज धुमधामसँग ‘राम-सीता’को विवाह गरिंदै
  • मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी
  • धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै
  • मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह गरियो

जनकपुरधाम ।।

आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ । मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन  हो । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ । त्यसैले अहिलेसम्म राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ ।

आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ । राम मन्दिरका महन्थ रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा हुन्छन् । स्वयम्बर पश्चात दुवै डोला नगरपरिक्रमा गरी जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार राम र जानकीको विवाह सुरु हुनेछ । यहाँ बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह हुने गर्दछ ।

राम र जानकीको डोल निस्केपछि अवलोकन तथा दर्शन गर्न श्रद्धालुझजनहरुको घुइँचो लाग्ने गर्दछ । स्वयम्बर र बिवाह हेर्न श्रद्धालु भक्तजनले जनकपरधाम खचाखच भरिएको छ । अझ पनि श्रद्धालु भक्तजन आउने क्रम जारी रहेको छ ।सप्ताहाव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत हिजो  पाँचौ दिन राम र जाजकीको मटकर सम्पन्न भएको थियो । त्यसअघि पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ ।

आज छैटौं दिन रामाजानकीको विवाह पश्चात भोलि सोमबार  रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने छ । रामकलेवामा जन्तीका रुपमा आएका श्रद्धालु भक्तजनलाई मिष्टान मिथिला भोजन गराई दक्षिणा दिएर बिदाइ गर्ने प्रचलन छ । विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु भक्तजनहरु विभिन्न स्थानहरुमा हुने  संस्कृतिक कार्यक्रममा सहभागी हुँदै रमाउने गर्दछन् ।

मिथिलाको लोप हुन लागेको कलासंस्कृतिहरुको झझल्को यस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाइन्छ । यसमा बालबालिकाहरुलाई, राम, सीता, लक्ष्मण बनाएर नाटक प्रदर्शन, नाचागान, भजनकीर्तन, झाँकी र भगवानको रुपमा पूजाआजा समेत गरिन्छ ।  यसलै श्रद्धालुहरुलाई निकै उत्साहित बनाउने गर्दछन् । यता  विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा एक दिनको बिदा २०८० को क्यालेन्डरमा छुट्याएको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।