May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

एसपी पदका लागि डीएसपीको प्रतिष्पर्धा

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १३:२७
एसपी पदका लागि डीएसपीको प्रतिष्पर्धा
  • ७ प्रहरी उपरीक्षक पदमा बढुवाका लागि
  • १२ जना डीएसपी प्रतिष्पर्धामा उत्रिए 
  • तीव्र लबइङका कारण बढुवामा ढिलाइ भएको अधिकृतहरुको भनाइ 

काठमाडौं।।

नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिष्पर्धामा छन् । ५ मंसिरमा पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि रिक्त एसपीको संख्या ७ पुगेको थियो । त्यसका लागि अघिल्लो एसपी बढुवामा छुटेका १२ जना डीएसपी प्रतिष्पर्धामा छन् । २०६१ सालमा प्रहरी निरीक्षकबाट भर्ना भएका टोलीमध्ये अहिले बढुवाका लागि प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार र निरञ्जनदत्त भट्ट प्रतिष्पर्धामा छन् ।

त्यस्तै, राजन लिम्बु, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे पनि प्रतिष्पर्धामा छन् । प्रहरीमा पछिल्लो केही समययता सिनियरिटीका आधारमा बढुवा हुँदै आएकाले त्यही कायम हुनुपर्ने भन्दै शीर्ष ७ मा रहेकाहरुले लबइङ गरिरहेका छन् । यद्यपि, वरीयतामा पछाडि रहेका राजन लिम्बु, सन्तोष तामाङ र विनोद घिमिरेले पनि शक्तिकेन्द्रमार्फत प्रहरी नेतृत्वसामू दबाब दिइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

लिम्बु र तामाङ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका निजी सुरक्षा अधिकृत (पीएसओ) का रुपमा काम गरेको अफिसर हुन् । घिमिरे हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पीएसओ बसिसकेका अधिकृत हुन् । तीन जनालाई बढुवा गराउन तीब्र दबाब आएपछि प्राविधिक तर्फको एउटा दरबन्दी जनपथतर्फ ल्याएर रिक्त दरबन्दी बढाउने प्रयास समेत भएको थियो । एसएसपी मोहन पोखरेलले राजीनामा दिएपछि खाली रहेको दरबन्दीमा समेत बढुवा गरेर दुई जनालाई बढुवा गर्न लबइङ भएको थियो ।

यद्यपि, हालसम्म त्यो प्रस्ताव अघि बढेको छैन । प्रहरी अधिकृतहरुका अनुसार, वरियताक्रम अनुसार बढुवा हुने भए केही दिनअघि नै सूचना निस्किसक्थ्यो । तर, वरियतामा पछाडि रहेकाहरुको तीव्र लबइङका कारण बढुवामा ढिलाइ भएको अधिकृतहरु बताउँछन् । विगतमा अवैज्ञानिक रुपमा बढुवामा छुटाइएको भन्दै एसपी नरेन्द्र उप्रेती, आभुषण तिम्सिना लगायतले राजीनामा दिएका थिए ।

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १३:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।