May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न

प्रदेश प्रहरी अस्पताल उद्घाटनको माग गर्दै सुनसरीमा सर्वदलीय बैठक

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १0:२७
प्रदेश प्रहरी अस्पताल उद्घाटनको माग गर्दै सुनसरीमा सर्वदलीय बैठक

सुनसरी । सुनसरीको इनरुवामा प्रदेश प्रहरी अस्पताल उद्घाटन गर्ने गरी थालिएको तयारी बिथोल्ने काम भएको भन्दै जिल्ला स्थित राजनैतिक दलहरूले भर्त्सना गरेका छन् ।

नेपाली कांग्रेसको पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकले सञ्चालन तयारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल अविलम्ब उद्घाटनको माग गरेको छ । सर्वदलीय बैठकले चार वर्षअघि नै प्रदेश प्रहरी अस्पताल इनरुवामै रहने सहमति बमोजिमको प्रक्रिया अघि बढाइएको विषयलाई जोड्दै अस्थायी रूपमा अन्यत्र गएको भनेको छ ।

बैठकले अस्थायी रूपमा बेलबारीबाट सेवा थाल्दै आएको प्रदेश प्रहरी अस्पताल स्वयंले उपयुक्त स्थान र दाता खोजीका क्रममा जिसस सुनसरीले उपलब्ध गराएको संरचना उपयुक्त ठानी सेवा बिस्तारका लागि रोजेको स्पष्ट पारेको छ । प्रहरीको प्राविधिक टोलीसहित कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला सहितको टोलीले दुवै तर्फका पूर्वाधार संरचनाको अध्ययन गरी इनरुवा उपयुक्त ठहर गरेको दलको ठहर छ ।

पूर्वपरिपत्र र सूचनाका आधारमा बेलबारीबाट अस्पताल इनरुवा सारिएको दाबी गरेका सुनसरीका दलीय अगुवाहरूले राजनैतिक आडमा अस्पताललाई इनरुवाबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । सर्वदलीय बैठकले इनरुवामा उद्घाटन तयारी अवस्थामा रहेको अस्पतालको विषयमा विवाद सृजना गराउने काम भएको भन्दै अस्पताल संरक्षणका लागि आफूहरू सडक सङ्घर्षमा उत्रन समेत तयार रहेको जनाएको छ ।

सर्वदलीय बैठकको नेतृत्व गरेको नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारीले प्रहरीले नै इनरुवा रोजेको अस्पताल जबरजस्ती अन्यत्र लैजान खोजिए सुनसरीका दल आन्दोलनमा उत्रिने बताए । उनले सृजित घटनाक्रमलाई केन्द्रीय तहबाटै निष्पक्ष छानबिन टोली गठन गरी सुल्झाइनुपर्ने माग राखे ।

यता, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताले प्रहरीको प्राविधिक टोलीले उपयुक्त ठहर गरी सञ्चालनका लागि स्रोत साधन जुटाई सकेको अवस्थामा अस्पताल उद्घाटन हुन नदिनु दुःखद भएको प्रतिक्रिया दिए । मेहताले लामो समयदेखि प्रदेश प्रहरी अस्पतालले जग्गा सहितका पूर्वाधार खोजिरहेको अवस्थामा आफूले समितिबाट पास गराएर २ विगाह ३ कट्ठा जग्गा सहित ४० कोठे भवन संरचना उपलब्ध गराएको बताए ।

मेहताले प्रहरी अस्पतालका लागि आवश्यक संरचना बेलबारी र इनरुवा मध्ये कुन उपयुक्त भन्ने बारेमा निष्पक्ष छानबिन समिति गठन गरेर अनुगमन पश्चात् टुङ्गाइनु पर्ने बताए । उनले प्रहरी टोलीकै प्राविधिक जाँच पश्चात् इनरुवा सारिएको अस्पतालका नाममा बखेडाबाजी गरिनु उचित नहुने बताए ।

सर्वदलीय बैठकले आफूहरूका जायज माग सम्बोधनमा ढिलाइ भए रिले अनशनसहित सडक सङ्घर्षका कार्यक्रम अघि बढाउने समेत निर्णय गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।