April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

प्रहरी नै प्रहरीको खोरमा बस्नुपरेपछि…

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १२:0१
प्रहरी नै प्रहरीको खोरमा बस्नुपरेपछि…
  • कैलालीमा प्रहरी नै प्रहरीको थुनामा
  • महिलासँग रकम लेनदेनको विषयमा विवाद भएपछि…
  • प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्दै 

धनगढी।।

कैलालीमा एक प्रहरी नै प्रहरीको खोरमा थुनिएका छन्। महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेर थुनिएका हुन्। स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा बैतडी घर भएका प्रहरी जवान दमनबहादुर विष्टलाई पक्राउ गरेर थुनामा राखिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले सार्वजनिक मुद्दामा प्रहरी जवान विष्टलाई थुनामा राखिएको जानकारी दिए। विष्टविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ। यस्तै उनलाई आज जिल्ला प्रशासन कार्यालयमा पेस गरिने पनि बताइएको छ। उनी डोटीमा कार्यरत थिए ।

 

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १२:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट