April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

एमाले नआए पनि समाजवादी मोर्चा अगाडी बढ्छः उपाध्यक्ष भुसाल

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १६:३९
एमाले नआए पनि समाजवादी मोर्चा अगाडी बढ्छः उपाध्यक्ष भुसाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा (एमाले) नआए पनि मोर्चा कायम रहने बताउनु भएको छ।

शुक्रबार उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा (एमाले) सहभागि नभएपनि मोर्चा कायम रहने बताउनु भएको हो । उहाँले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने औंल्याउनु भयो ।

उपाध्यक्ष भुसालले समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समिकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुनु नहुने बताउनु भयो ।

उहाँले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत हुनसक्ने औंल्याउनु भयो । एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआएपनि आपसी असमझदारी हुनु नहुने उहाँको भनाई छ ।

उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आवद्ध पार्टीहरुका बीचमा नीति, कार्यक्रमहरुमा सहमती बन्दै गएमा एकताको तहसम्म पुग्ने बताउनु भयो । हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरुप काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

मोर्चाले सरकारको नीति, कार्यक्रम र बजेटलाई समाजवादी बनाउनका लागि सल्लाह सुझाव पनि दिने उहाँको भनाई छ ।

उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा संगठित साझा मोर्चाको रुपमा समाजवादी मोर्चा रहेको पनि बताउनु भयो । उहाँले आगामी दिनमा वाम ध्रुविकरण गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने आधार तयार गर्नुपर्ने बताउनु भयो ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।