April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

निसानले ल्यायो १ करोड ८७ लाखको नयाँ गाडी

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १४:२६
निसानले ल्यायो १ करोड ८७ लाखको नयाँ गाडी
  • नयाँ गाडी निसान एक्स-ट्रायल सार्वजनिक
  • चौथो जेनेरेसनको एक्स-ट्रायल नेपालमा
  • टप भेरियन्ट ‘एल ३’को मूल्य एक करोड ८७ लाख रुपैयाँ पर्ने 

काठमाडौं ।।

पायोनियर मोटो कर्पले नेपालमा निसानको नयाँ गाडी निसान एक्स–ट्रायल सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा निसानको दक्षिण एसिया निर्यात प्रमुख रघुनाथ नैर, पायोनियरका प्रबन्ध निर्देशक सन्दीप शारडा, निर्देशक गौरव शारडालगायत व्यक्तिले गाडी सार्वजनिक गरेका हुन् । ई-पावरबाट सञ्चालित अत्याधुनिक प्रविधि र डिजाइनको गाडीमा ट्विन-मोटर ई-फोर्स अल-ह्विल ड्राइभ प्रणाली छ । निसान मोटर कम्पनीको नेपालका निम्ति आधिकारिक वितरक पायोनियर पोटो कर्पले चौथो जेनेरेसनको एक्स-ट्रायल नेपालमा सार्वजनिक गरेको हो ।

सन् २००१ मा एक्स-ट्रायलको पहिलो जेनेरेसनदेखि हालसम्म विश्भर ७० लाखभन्दा यी गाडी बिक्री भएको निसानले जनाएको छ । एक्स-ट्रायल ई-पावर एसयूभी पेट्रोल इन्जिन ब्याकअप भएको गाडी हो । गाडीले ईभीजस्तै ड्राइभिङ अनुभव दिने र दक्षिण एसियामै पहिलोपटक नेपालमा यो गाडी सार्वजनिक गरिएको निसानको दक्षिण एसिया निर्यात प्रमुख नैरले बताए । चौथो जेनेरेसनको एक्स-ट्रायलमा अघिल्ला संकरणभन्दा उन्नत संरचना, प्रविधिसहितको एसयूभी डिजाइन र अल-ह्विल ड्राइभसहितको पावरट्रेन सुविधा रहेको कम्पनीले जनाएको छ ।

सातजनाको सिट क्षमता रहेको गाडीमा अधिकतम १५७ किलोवाटको पावर आउटपुट छ । अधिकतम टर्क फ्रन्टमा ३३० र रेयरमा १९५ एनएम छ । यो गाडीले प्रतिकिलोमिटर १४६ देखि १४८ ग्राम कार्बन्डाइअक्साइड उत्सर्जन गर्ने कम्पनीले जनाएको छ । शून्यदेखि १०० किलोमिटरको गति ७.२ सेकेन्डमा दिने एक्स-ट्रायलको नेपालमा सार्वजनिक टप भेरियन्ट ‘एल ३’को मूल्य एक करोड ८७ लाख रुपैयाँ रहेको निसानले जनाएको छ ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १४:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।