sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यस्तो छ टिकटक सम्बन्धी निर्देशिका

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १५:५९
यस्तो छ टिकटक सम्बन्धी निर्देशिका
  • कामकारबाही तथा सूचनाबारे जानकारी दिन सरकारी कार्यालयहरुले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने
  • नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल सहितका विवरण नेपाली र अंग्रेजी दुबै भाषामा राख्नु पर्ने
  • नकारात्मक सन्देश प्रवाह गर्ने प्रयोगकर्तालाई ब्लक लिस्टमा पनि राख्न सकिने

काठमाडौं ।।

सरकारले आफ्नो कामकारबाही तथा सूचनाबारे जानकारी दिन सरकारी कार्यालयहरुले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने गरी निर्देशिका ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ‘सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धि निर्देशिका, २०८०’ पास गरेको हो, जसमा सरकारी कार्यालयले आफूले गरेको काम र भविश्यमा गर्ने कामकारबाहीबारे सार्वाधारणलाई जानकारी दिन सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने उल्लेख छ ।

यसरी खोलिने युजर एकाउन्टमा कार्यालयको आधिकारिता खुल्ने तथा सर्वसाधारणले पहिचान गर्न सक्ने नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल सहितका विवरण नेपाली र अंग्रेजी दुबै भाषामा राख्नु पर्नेछ । प्रधानमन्त्री, मन्त्री, सम्बन्धित निकायका प्रमुखले प्रयोग गर्ने युजर एकाउन्टमा भने सम्बन्धित व्यक्तिको तस्वीर प्रयोग गर्न सकिने छ । यसरी खोलिएका एकान्टरलाई भेरिफिकेशन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सघाउनेछ ।

कार्यालयले खोलेको सामाजिक सञ्जालको एकाउन्टमा नियमित रुपमा सार्वजनिक गर्नुपर्ने प्रगति विवरण लगायतका सामग्री सार्वजनिक गर्नुपर्ने छ । साथै आएका गुनासो, सन्देश वा सूचनाको नियमित अध्ययन तथा विश्लेषण गरेर सचित जपाफ पनि दिनुपर्ने निर्देशिकामा उल्लेख छ । तर कार्यालयले खोेलेको युजर एकाउन्टमा आउने सन्देश, गुनासो र सूचनामा गालीगलौजको भाषा, अशिष्ट र अश्लिल सामग्री, सामाजिक सद्भाव विगार्ने नकारात्मक सन्देश प्रवाह गर्ने प्रयोगकर्तालाई ब्लक लिस्टमा पनि राख्न सकिनेछ ।

टिकटकमा पनि एकाउन्ट ?

निर्देशिकामा कुन–कुन सरकारी कार्यालयहरुले कुन कुन सामाजिक सञ्जालमा एकाउन्ट खोल्न सक्छन् भनेर पनि लेखिएको छ । र, यसमा टिकटक पनि समावेश छ ।सरकार आफैंले टिकटकमाथि प्रतिबन्ध लगाएको छ । २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले नै सामाजिक सद्भाव विगालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

तर ‘सरकारी कार्यालयले सामाजिक सजाल प्रयोग गर्नेसम्बन्धि निर्देशिका, २०८०’ मा सरकारी कार्यालयले एकाउन्ट खोल्नुपर्ने समाजिक सञ्जालको सूचीमा टिकटकलाई पनि राखिएको छ । निर्देशिकको परिभाषा खण्डको (ग)मा भनिएको छ, ‘सामाजिक सञ्जाल भन्नाले विद्युतीय माध्यममा सञ्चालित फेसबुक, मेसेन्जर, ट्वीटर, भाइबर, इन्टाग्राम, युटयुब, गुगलप्लस, ह्वाट्सएप, इमो, टिकटक, वीच्याट, स्न्यापच्याट लगायतका अन्तरक्रियात्मक प्रकृतिका सामाजिक सञ्जाल सम्झिनु पर्छ ।’

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १५:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid