May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

मानव धर्मद्वारा भूकम्प प्रभावित २६ सय घरधुरीलाई ६० लाख बराबरको राहत वितरण

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १८:२0
मानव धर्मद्वारा भूकम्प प्रभावित २६ सय घरधुरीलाई ६० लाख बराबरको  राहत वितरण

काठमाडौँ, ६ पुस । नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नं १ र २ का आठसय घरधुरीलाई हालै रु ६० लाख बराबरको राहत सामग्री वितरण गरिएकोे हो ।

तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरिएको रकमका साथै समितिमा आबद्ध व्यक्तिबाट सङ्कलित रकमले राहत सामग्री वितरण गरिएकोउक्त समितिका राष्ट्रिय कार्यसमिति उपाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।

भूकम्पपीडितका लागि जाडोबाट जोगिन कम्बल तथा चामल, तेल, दाल, चिउरालगायत पदार्थ वितरण गरिएको थियो । भूकम्पबाट पीडित दुई जिल्लामध्ये जाजरकोट भेरी नगरपालिका वडा नं १ र ३ मा धेरै मानिसको मृत्यु हुनाका साथै करोडौँको जनधनको क्षति भएकाले जाजरकोटलाई राहत वितरणको प्राथमिकतामा राखिएको सो समितिले जनायो ।
समितिका अनुसार नेपाल मानव धर्म सेवा समितिका प्रणेता सतपालजी महाराजका जेष्ठ सुपुत्र तथा अन्तर्राष्ट्रिय आध्यात्मिक युवा व्यक्ति विभूजी महाराजको उपस्थितिमा तथा समितिका अन्य पदाधिकारी राहत वितरणमा सहभागी थिए । त्यसअवसरमा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले उनीहरूको स्वागत गर्दै राहात सामग्री उपलब्ध गराएकामा आभार व्यक्त गरेका थिए ।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १८:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।